जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा सुविधा प्रति जिल्लाका विभिन्न ६ वटा राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती मार्फत आपती जनाएका छन् । जिल्ला प्रशासन कार्यालय सार्लहीमा सेवा लिन गएका सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीका अधिकृत गुण बहादुर भुजेलले आर्थिक असुल उपर गरी अनावश्यक दुःख दिएका भन्दै जिल्लाका विभिन्न ६ वटा राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती मार्फत आपती जनाएका हुन ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको मिलेमतोमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका अधिकृत भुजेलले कमिसन असुल्ने र सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिने गरेको भन्दै जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र कुमार सिंह,जनता समाजवादी पार्टी(जसपा) सर्लाहीका उपा अध्यक्ष गणेश कुमार यादव,नेकपा(एमाले) मधेश प्रदेश कमिटी सदस्य सुरेश साह,जनमत पार्टीका प्रतिनिधि मक्की राय यादव,नेकपा(माओवादी केन्द्र) मलंगवा नगर सचिव राजेन्द्र प्रसाद यादव र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का जिल्ला उपाअध्यक्ष प्रॉ.हुसैन यानले संयुक्त विज्ञप्ती जारी गरेर आपती जनाएका हुन ।
“प्रमुख जिल्ला अधिकारी यादवको निर्देशनमा जिल्ला प्रशासन कार्यालय सर्लाहीका अधिकृत भुजेलले विना कारण आर्थिक असुल उपर गर्ने जस्ता जनतालाई अनावश्यक दुःख दिइ नागरिकता प्रक्रियालाई जटिल बनाउने उद्देश्यले वंशज नागरिकतालाई पनि सहरजमन काट्ने नियत वस फाईल, हराई आर्थिक लेनदेन गरि रहेको हुनाले यो समस्या बुझ्न जाँदा अटेर गरि प्रमुख जिल्ला अधिकारी ज्यूले समेत गम्भिरता नलिई उल्टै जिल्ला प्रशासन कार्यालय भित्र जनप्रतिनिधी तथा सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेको सो कदमको घोर भत्सर्ना गर्दछौं ।”संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संयुक्त विज्ञप्ती मार्फत साउन १९ गते बिहान १०ः०० बजे सम्पूर्ण नगरवासी,जिल्लाबासी नागरिकता पीडितहरु जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि तिन बिघे मैदानमा विरोध प्रदर्शन एवम धर्ना कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।