अख्तियारमा परेका अनावश्यक उजुरीले जनताका काम गर्न समय पुगेन् ः नगर प्रमुख थापा

916 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले स्थानीय तहमा जनताले चाहेको जस्तो विकास निर्माणको काम गर्न खोज्दा भाँजो हाल्ने धेरै रहेका बताएका छन् । उनले जनताले चाहेको जस्तो विकास गर्न खोज्यो विकास र परिवर्तन देख्न नचाहने केही तत्वहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा अनावश्यक उजुरी गर्दा स्थानीय तहका विकास निर्माणका काममा भन्दा अख्तियारको पत्रको जवाफमा समय वर्वाद भएको बताए ।
बागमती नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेकोे दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित ताल बागमती माछा पोखरी९भरत ताल०को अवलोकन गर्न आएका नेपाल सरकारको सरकारी सञ्चार गृह राष्ट्रिय समाचार समिति९रासस०का सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई लगायत राष्ट्रिय समाचार समिति९रासस०को टिमसंग संक्षिप्तमा कुरा गर्दै नगर प्रमुख थापाले यस्तो बताएका हुन ।जनता सजग हुनु पर्छ तर अनावश्यक कुरामा उजुर बाजुर गर्दा जनताको काम गर्ने भनेर निर्वाचित भएका हामी जनप्रतिनिधिहरुले जनताको काम भन्दा बाहिर नै बढी समय लगाउनु पर्दा गाउँ गाउँको सिंहदरवार आएको जनताले महसुस गर्न नपाउने हुनकी भन्ने चिन्ता बढेको छ । नगर प्रमुख थापाले भने,
उनले थपे स्थानीय तहहरुले बद्मासी गरे त उजुर बाजुर ठिकै हो सजाए पनि पाउनु पर्छ तर बद्मासी नगर्ने स्थानीय तहहरु र जनप्रतिनिधिहरु यसको प्रत्यक्षन मारमा परको छन् । नचाँहिदो कुरामा उजुर बाजुर गर्ने निवेदकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी कार्बाही पनि गर्नु पर्ने नगर प्रमुख थापाको भनाई छ । वेनामी उजुरी हाल्ने र अनावश्यक दुःख दिने मानिसहरुको पहिचान गरि कडा सजाय भए धेरै जनप्रतिनिधिहरुले अनाहकमा दुःख पाउनु पर्ने थिएन् । भने स्थानीय तहहरुका विकास निर्माणका साथै जनताका काम गर्ने समय पनि बर्बाद हुने थिएन् ।

कुनै योजनाहरुको विज्ञापन गर्दादेखि निर्माण सम्पन्न भएर भुक्तानी हुँदा सम्म गरी दशौँ पटक अख्तियारमा उजुरी पर्छ,दशौँ पटक जवाफ दिनु पर्छ ।नगर प्रमुख थापाले बताए ।बागमती नगरपालिकाले दजर्नौ योजनाहरु नगर गौरबका योजनामा समेटी गाउँ गाउँको सिंहदरवार स्थानीय तह हो भन्ने जनतालाई आभाश दिलाउने गरी काम गरि रहेको पनि नगर प्रमुख थापाले दाबी गरे । 

सम्बन्धित समाचार