इश्वरपुर मेयर कपको पहिलो क्वाटरफाईनलमा इश्वरपुर ३ र ४ विजयी

335 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकामा असोज १७ गतेबाट सुरु भएको इश्वरपुर मेयर कप वडास्तरिय नक आउट फुटबल प्रतियोगितामा सोमबारबाट क्वाटर फाईनलका खेलहरु सुरु भएका छन्।इश्वरपुर नगरपालिकाका सबै १५ वटै वडाहरुको सहभागीतामा सुरु भएको प्रतियोगिताको सोमबार भएको पहिलो क्वाटर फाईनल खेलमा इश्वरपुर ८ लाई पेनाल्टीमा हराउँदै इश्वरपुर ३ सेमीफाईनलमा प्रवेश गरेको आयोजक इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए।उनका अनुसार इश्वरपुर ८ रामपुर स्थित रहेको खेल मैदानमा भएको पहिलो क्वाटर फाईनल खेलमा इश्वरपुर ८ लाई पराजित गर्दै इश्वरपुर ३ र अर्काे खेलमा इश्वरपुर ४ र इश्वरपुर १२ विच भएको दोस्रो क्वाटर फाईनल खेलमा इश्वरपुर १२ लाई तीन गोलले पराजित गर्दै इश्वरपुर ४ सेमी फाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै मंगलबार(भोलि) इश्वरपुर ७ र इश्वरपुर १० का साथै इश्वरपुर ८ र इश्वरपुर ६ विच क्वाटर फाईनलको खेल हुने छ।असोज २४ गते  सम्म सञ्चालन हुने इश्वरपुर मेयर कप वडास्तरिय नक आउट फुटबल प्रतियोगिताको बिजेताले रु ५१ हजार नगद,उप बिजेताले रु ३१ हजार नगद र  तेस्रो हुने टिमले रु ११ हजार नगद प्राप्त गर्ने आयोजक इश्वरपुर नगरपालिकाले जनाएको छ।
इश्वरपुर नगरपालिका ३,४,६,८,१० र १२ र वाई पाएर इश्वरपुर नगरपालिका ७ गरी सात वटा टिम क्वाटर फाईनलमा प्रवेश गरेका छन् । नेपालीहरुको महान चाड वडादशैँको शुभकामना अदान प्रदान गर्ने र स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित इश्वरपुर मेयर कप वडा स्तरिय नक आउट फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक इश्वरपुर नगरपालिकाले जनाएको छ।
 खेलकुदको माध्यामबाट नै राष्ट्रिय अन्र्तराष्ट्रियस्तरमा पहिचान बनाउन सकिने भएकाले पछिल्लो समय देशभरका प्राय स्थानीय तहहरुले विभिन्न अवसरहरुका साथै समयमा खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छन्।जसबाट स्थानीय स्तरमा खेलाडी उत्पादन हुने साथै आफ्नो पहिचान राष्ट्रिय अन्र्तराष्ट्रिस्तरमा पुग्ने खेलप्रेमीहरुले विश्वास लिईएका छन्।

सम्बन्धित समाचार