Close This

१४ वर्षिय भुजेलको हत्यारालाई यथाशिघ्र कारबाही गर्न नेकपा विप्लब समुह सर्लाहीको माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२ गते   २०३ पटक हेरिएको

 नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विप्लब समुह जिल्ला समिति सर्लाहीले जिल्लाको लालबन्दी नगरपालिका १७ रानीगन्जकी १४ वर्षिया प्रियङ्का भुजेलको हत्यारालाई यथाशिघ्र कारबाही गर्न माग गरेको छ ।
१४ वर्षिया भुजेलको बलात्कारपछि हत्या भएको र उनको शव घरदेखि ३ किलोमिटर टादा कालिन्जोर खोलामा फेला परेको स्मरण गर्दै दोषीलाई हदैसम्मको कार्बाही गर्न नेकपाका सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङद्धारा हस्ताक्षरीत  विज्ञप्तीमार्फत माग गरिएको छ ।    ‘१४ वर्षिया किशोरीमाथि भएको जघन्य, अमानवीय घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।उक्त घटनाको जतिसुकै निन्दा गरे पनि कम हुन्छ । अतः हाम्रो पार्टी घटनाको निष्पक्ष छानबिन गरी यस्ता प्रकारका जघन्य अपराधमा संलग्न अपराधीहरूलाई कडा भन्दा कडा सजायको माग गर्दछ । मृतक भुजेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
भुजेलको लालबन्दी नगरपालिका १७ स्थित कालीन्जोर खोलामा हत्यागरी शवलाई गाडिएको अवस्थामा शव फेला परेको थियो । घटनामा संग्लग्न रहेको आशंकामा ईलाका प्रहरी कार्यालय लालबन्दीले सोही स्थानका दुईजना युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ ।
स्थानिय २ जना युवाहरु अनिश दाहाल र कृष्ण साहलाई अनुसन्धानका लागि भन्दै ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech