संघिय सरकारमा गठबन्धन फेरिएसँगै मधेस प्रदेश सरकार संकटमा परेको छ।सोमबार नेकपा (एमाले),नेकपा(माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),जनता समाजवादी पार्टी(जसपा)नेपाल र नेकपा(एकिकृत समाजवादी)पार्टी बीच नयाँ गठबन्धन बनेसँगै मधेस प्रदेश सरकार संकटमा परेको छ ।
मधेस प्रदेश सभामा कुल सदस्य संख्या एक सय सात जना कायम रहेकाले सरकार बनाउन कम्तिमा ५४ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक रहन्छ।वर्तमान नयाँ गठबन्धनसँग ६० जना प्रदेशसभा सदस्य कायम रहने भएका छन् ।जसका कारण हाल रहेको मधेश प्रदेश सरकार के हुने भन्ने अन्यौलता सृजना भएको छ ।नयाँ गठबन्धनमा रहेका दलहरु नेकपा(एमाले) २४ सिट,जनता समाजवादी पार्टी(जसपा)नेपाल २० सिट, नेकपा(एकिकृत समाजवादी) नौ सिट र नेकपा(माओवादी केन्द्र) आठ सिट गरि ६० सिट मधेश प्रदेशमा रहेको छ ।
मधेश प्रदेश सरकारमा नेकपा(एमाले) २४ सिट,नेपाली कांग्रेस २३ सिट,जनता समाजवादी पार्टी(जसपा) २० सिट,जनमत पार्टी १३ सिट,नेकपा(एकिकृत समाजवादी) नौ सिट,नेकपा(माओवादी केन्द्र) आठ सिट,लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) सात सिट,राप्रपा(हलो) एक सिट,नागरिक उन्मुक्ती पार्टी एक सिट र अन्सारीको पार्टीको एक सिट गरी एक सय सात सिट रहेकोमा हालको सत्ता गठबन्धनसंग ६० सिट रहने भएको छ।मधेश प्रदेशमा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी एक सय सात सिट रहेकोमा मधेश प्रदेश सरकार बनाउन ५४ सिट आवश्यक हुन्छ तर हालको सत्ता गठबनधनसंग ६० सिट पुग्ने भएको छ ।
नेकपा(एमाले)कै रामचन्द्र मण्डल सभामुख रहेकाले गठबन्धनमा ६० सदस्यको समर्थन रहने भएको हो।यता,गठबन्धन दलबाहेकका अन्य दलका सांसद मिलेमा ४६ जना प्रदेशसभा सदस्यको समर्थन रहने छन् ।जसका कारण हालको गठबन्धनले मधेसमा सहजै सरकार बनाउने अवस्था छ।