Close This

सर्लाहीका दुई स्थानमा दुर्घटना,पाँच सवारीको संग्लग्नता, ६ जना घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२४ गते   २५९ पटक हेरिएको


सर्लाहीका विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाका बाग्मती नगरपालिका १ मिलन चौक स्थित पुर्व पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका हुन् । भने हरिवन नगरपालिका १ भोक्टेनी स्थित भित्री सडकमासवारी दुर्घटना हुँदा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 बागमती नगरपालिका १ स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको बा ८९ प ५९९६ नंम्बरको मोटरसाईकल र प्र.२–०३–००२२ प ७९९५ नम्बरको स्कुटीलाई सोेही दिशाबाट आउँदै गरेको ना २ च ३९६० नंम्बरको कारले पछाडीबाट ठक्कर दिदा स्कुटीका चालक हरिवन नगरपालिका ८ का अन्दाजी बर्ष ३७ का धन बहादुर गोले, सोहि स्कुटीमा पछाडि सवार हरिवन ८ कै अन्दाजी वर्ष ३२ का भिम लामा र बा.८९प.५९९६ नंम्बरको मोटरसाईकलका चालक बागमती नगरपालिका १ बस्ने अन्दाजी बर्ष ३० का सुकमान तामाङ घाईते भएका जिल्ला प्रहरी कार्र्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए ।
त्यसैगरी,हरिवन नगरपालिका १ भोक्टेनी स्थित  भित्री सडक खण्डमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार निम्न ३ जना घाइते भएका छन् ।  दक्षिणबाट उतर तर्फ जादै गरेको ज १ च १७११ नम्बरको बोलेरोले विपरित दिशातर्फ आउदै गरेको ना ५३ प ९७९८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकलका चालक हरिवन नगरपालिका ८ का अन्दाजी बर्ष २२ का नबिन राइन,सोही ठाउँका अन्दाजी वर्ष १८ का साहिल राणा र अर्का बर्ष १८ वर्षिय विज्ञान घिमिरे  घाईते भएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले बताए ।
केही घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भई रहेको छ भने केही घाईतेहरुलाई स्थानिय स्वास्थ्य संस्थामा समान्य उृपचारपछि थप उपचारका लागि बाहिर पठाइएको प्रहरीले जनाएको छ । दुवै दुर्घटनामा संग्लग्न सवारी साधनहरुलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech