Close This

सुनकोसी गाउँपालिकाद्धारा दुई विद्यालयलाई कम्प्युटर सहित शैक्षिक सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२३ गते   १३९ पटक हेरिएको

सिन्धुलीको सुनकोसी गाउँपालिकाले वडा नम्बर ५ र ६ का दुई वटा विद्यालयहरुलाई कम्प्युटर,एलसिडि लगायत शैक्षिक सामाग्री सहयोग गरेको छ । सुनकोसी गाउँपालिका ५ को सातबिशे शक्तेश्वरी प्रावि र वडा नम्बर ६ को भिमसेन आधारभुत विद्यालयलाई कम्प्युटर,एलसिडि लगायत शैक्षिक सामाग्री  सहयोग गरेको हो ।
दुवै विद्यालयलाई कम्प्युटर १ थान,एलसिडि एक थान र कापी तथा कलम सहयोग गरेको सुनकोसी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको शैक्षिक अभिबृद्धिका लागि विद्यालयहरुलाई कम्प्युटर,एलसिडि लगायत शैक्षिक सामाग्री सहयोग गरेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा दाहाल(बोहोरा)ले जानकारी दिनुभयो  ।  उहााका अनुसार विद्यालयमा सत प्रतिशत विद्यार्थीहरु दलित समुदायका अध्यायनरत हेका छन् । 
दलित समुदायका बालबालिकाहरुलाई विद्यालय प्रतिको आकर्षण बढाउन पनि गाउँपालिकाले यस्ता गतिविधि समय समयमा गरि रहनु आवश्यक रहेको दलित सेवा समाजका अध्यक्ष केशब लोहारले बताउनु भयो । लोहारको अध्यक्षातमा भएको कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष दिपाको प्रमुख आतिथ्यता रहेको थियो । 
पुष्पा सुनुवार सुनकोसी गाउँपालिका सिन्धुली
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech