भन्सार छलीको प्याज र ट्रक प्रहरीको नियन्त्रणमा, प्याज तस्करीमा भन्सार कर्माचारीको संग्लग्नता रहेको आशंका

160 Shares

सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित गोरखकाली प्रहरी चौकी नजिकैबाट भारतिय नम्बरको ट्रक सहित करिब रु ९० लाखको भन्सार छलीको प्याज सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।सर्लाही भन्सार कार्यालय मलंगवाको गेटैबाट अवैध रुपमा नेपाल प्रवेश गरी मलंगवा नगरपालिका ८ स्थित गोरखकाली प्रहरी चौकी अगाडी आई पुगेको भन्सार छलीको करिब ३५ टन प्याज र जेएच ०२ बिएम २९८१ नम्बरको ट्रकलाई प्रहरीले शंका लागि चेकजाँच गर्ने क्रममा बिल बिजक,प्रज्ञापन पत्र र भन्सार नभएको पाइए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भारतबाट मलंगवा तर्फ आऊदै गरेको जेएच ०२ बिएम २९८१  नम्बरको भारतिय ट्रकमा करिब ३५ टन अन्दाजी मुल्य रु २८ लाख बराबरको प्याज भन्सार छली ल्याउँदै गरेको अवस्थामा जेएच ०२ बिएम २९८१  नम्बरको भारतिय ट्रक सहित ट्रकका चालक भारतको झारखण्ड कोडरमा संग्रामडी बस्ने ट्रकका चालक उमेश यादव सहितलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र गोरखकाली प्रहरी चौकीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
जेएच ०२ बिएम २९८१  नम्बरको भारतिय ट्रकमा अन्दाजी मूल्य रु २८ लाख बराबरको ३५ टन प्याज फेला परेको र उक्त प्याजको बिल बिजक,प्रज्ञापन पत्र र भन्सार भएको कागज पत्र नभएको प्याज रु २८ लाख बराबरको र ट्रक रु.६० लाख बराबरको गरी करिब रु ८८ लाख बराबरको बरामद् गरी आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।
भन्सार कार्यालय अगाडि बाटै त्यति ठुलो मात्रामा प्याज गैर कानुनी रुपमा नेपाल तर्फ आऊन् सक्नुमा भन्सार अगाडि रहेको सशस्त्र प्रहरी,नेपाल प्रहरी र सर्लाही भन्सार कार्यालय मलंगवाको मिलेमतो रहेको जानकारहरुको आरोप छ । 
सर्लाहीको भन्सार कार्यालय मलंगवाको संरक्षण र सेटिङमा  प्याजको तस्करी व्यापक भएको पाइएको छ।भन्सार कार्यालयका कर्मचारीहरुको सेटिङ र संरक्षणमा जिल्लाका सिमा नाकाहरुबाट प्याजको तस्करी भएको पायएको हो।राजश्व अनुसन्धान इकाई कार्यालय पथलैयाले भन्सारबाट छुटेको सामान छानबिनका लागि नियन्त्रणमा लिने र कार्बाहीको तथ्यांकलाई हेर्दा सर्लाहीका सिमानाकाहरुबाट भन्सार कार्यालयका कर्माचारीहरु कै संरक्षणमा सिमानाकाहरुबाट प्याजको व्यापक तस्करी भएको रहस्य बाहिरिएको हो।अवैध तरिकाबाट भन्सार छली नेपाल प्रवेश गरेका सामानहरु नियन्त्रणमा नलिने तर विल विजक भएका तथा कानुनी रुपमा नेपाल आएका सामानहरु राजश्व कार्यालय पथलैया बाराले नियन्त्रणमा लिने गरेपछि राजश्व कार्यालय पथलैयाको समेत संरक्षणमा भन्सार छली तथा गैर कानुनी रुपमा नेपाल भित्र्ने प्याजमा  राजश्व कार्यालय पथलैयाको समेत संरक्षण रहेको  स्थानीय व्यवसायीहरूको आरोप छ । मलंगवा भन्सार नाकाबाट प्याजको काम गर्ने कारोवारीहरूले एक ट्रक प्याजको भन्सार तिरेर त्यहीँ बिलको आधारमा दिनभर तीन देखि चार ट्रक सम्म प्याज ल्याउने गरेका एक व्यपारीले बताए ।भन्सार कार्यालयमा यस्तो धन्दा सामान्य रहेको र प्याजको काम गर्ने सबै व्यापारीले एक गाडीको भन्सार तिरेर तीन,चार गाडी त्यहीँ बिलको आडमा भन्सारबाट निकाली रहेका उनले बताए ।यो तस्करीमा भन्सारका कर्मचारीहरुको संरक्षण र सेटिङ रहेको उनको भनाई छ ।
मलंगवा भन्सारबाट प्याजको कारोवार गर्ने मुख्य कारोवारीहरूमा रामभजन साह,रामबाबु महत्तो , सुरेन्द्र महत्तो लगायतका रहेका छन् ।स्रोतका अनुसार प्रति गाडी रु एक लाखको दरले भन्सारका कर्मचारीहरुलाई कमिसन दिएर प्याज कारोवारीहरुले प्याजको कारोवार गरि रहेका भन्सारका एक कर्माचारीले बताए ।यसबाट भन्सार कार्यालयका कर्माचारीहरु कै मिलेमतामो भन्सारबाट दैनिक लाखौं रकम राजश्व चुहावट भई रहेको सहजै आंकलन गर्न सकिन्छ ।प्याजको मात्रै नभई कपडा,चिनी,भारतिय रासायनिक मलका साथै किरानाका सामानहरु र खाद्यान्नहरुको समेत तस्करी पनि यसरीगरी ठूलो मात्रामा चलिरहेको व्यवसायीहरू बताउँछन्।भन्सार कार्यालय मलंगवाका  नायव सुब्बा पवन कुमार गिरीले भन्सार टलीको कारोवारको सबै सेटिङ मिलाउने काम गरेको एक कारोवारीले बताए ।जसलाई भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको साथ रहेको पाइएको छ ।यसका साथै भन्सारमा कुनै  कारोवारीले भन्सारसंग तस्करीको सेटिङ नगरी कुनै सामान ल्याएर पक्राउ परेको खण्डमा भन्सारले केवल १५ मिनेटको सुचना मात्रै दिएर सेटिङमा भित्रैबाट सामानको लिलाम समेत गर्ने गरेको पाइएको छ ।सबै सेटिङ मिलाउने मात्रै होइन लिलाम सकार्ने काम समेत भन्सार कार्यालय मलंगवाका नायव सुब्बा गिरीले नै गर्ने गरेको समेत व्यवसायीहरू बताउँछन् । 

 

सम्बन्धित समाचार