खुट्टाको अप्रेसन(सल्यक्रिया)गर्दा बिरामीको मृत्यु,चिकित्सकलाई हुने कानूनी प्रावधान के छ ?

586 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलमा अप्रेसन गरेका बिरामीको मृत्यु भएको छ। पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका ७ मा नवलपुरबाट लालबन्दी बजार तर्फ आउँदै गरेको ना ३९ प ३४० नम्बरको मोटरसाईकलले  ठक्कर दिँदा पैदल यात्री मलंगवा नगरपालिका १० का अन्दाजी वर्ष ३७ का आशिष साह घाईते भएका थिए ।मोटरसाईकलको ठक्करबाट दाहिने खुट्टाको घुडा मुनि भाँचिएका साहलाई तत्काल लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिमा सामान्य उपचार पछि रेफर गरिएकोमा लालबन्दी नगरपालिका ९ स्थित रहेको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलमा भर्ना गरी खुट्टाको अप्रेसन(सल्यक्रिया) गरिएको थियो ।
पाँच शैयाको अस्पतालको अनुमति पाएको मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलले खुट्टाको अप्रेसन गरि स्टिल हालेको भएपनि हस्पिटलमा आईसियू,भेन्टिलेटर नरहेको,अप्रेसन(सल्यक्रिया)कक्षको सरसफाई नभएका कारण संक्रमण भएको,एनेथेसिया नरहेका,अप्रेसन(सल्यक्रिया)का सामानहरुको सरसफाई नभएको,अप्रेसन(सल्यक्रिया)कक्षमा एनेथेसिया मेसिन नरहेको साथै अप्रेसन(सल्यक्रिया) कक्षमा मोनिटर समेत नरहेका कारण खुट्टाको अप्रेसन(सल्यक्रिया) गर्दा घाईते साहको मंगलबार राति अस्पताल मै मृत्युु भएको छ । घाइेतेलाई एक्कासी धेरै ज्वरो आएपछि मेडिकेयर ट्रमा मल्टिस्पेशालिष्ट हस्पिटलका सञ्चालक डा.मनिष साहले आफू बच्न घाईतेलाई तत्काल रेफर गरेका भएपनि मलंगवाको म्याक्स अस्पतालमा पुर्याउँदा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका हुन।हाड जोर्निको विशेषज्ञ डा.साहले लालबन्दी मोडेल अस्पताल प्रा.लि.ले काठमाण्डौँ रेफर गरेका घाईते साहलाई भर्ना गराएर सोमबार अप्रेसन(सल्यक्रिया)गरेका थिए।
अप्रेसन(सल्यक्रिया) पश्चात् उच्च ज्वरो आएर घाईते छटपटाउन थालेपछि आफू बच्न घाईते साहलाई अन्यत्र रेफर गरेका डा.साह सोही दिनदेखि जनकपुरको स्वस्तीका अस्पताल गएका थिए।सामान्य बिरामी रहेकाले अप्रेसन(सल्यक्रिया) गरिएको र अप्रेसन(सल्यक्रिया)को कारण नभई अन्य कारणले घाईते साहको मृत्यु भएको डा.साहले दाबी गरे।आईसियू,भेन्टिलेटर नरहेको, अप्रेसन(सल्यक्रिया)कक्षको सरसफाई नभएका कारण संक्रमण भएको, एनेथेसिया नरहेका,अप्रेसन(सल्यक्रिया)का सामानहरुको सरसफाई नभएको,अप्रेसन(सल्यक्रिया) कक्षमा एनेथेसिया मेसिन नरहेको साथै अप्रेसन(सल्यक्रिया) कक्षमा मोनिटर समेत नरहेको अस्पतालमा अप्रेसन(सल्यक्रिया) गर्न मिल्छ ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा डा.साहले सामान्य बिरामी रहेका र अन्य रोगहरुका कारण उनको मृत्यु भएको भन्दै आफ्नो बचाउ गरे ।
ज्वरो १०५ थियो रे?विरामी छटपटाएको थियो रे?त्यसपछि तपाईले आफू बच्न रेफर गर्नु भयो ?भन्ने कुरा आएको छ ?नी भन्ने हाम्रो अर्काे प्रश्नमा डा.साहले आफुले अप्रेसन(सल्यक्रिया) राम्रोसँग गरेको तर बिरामीको अन्य कारण मृत्यु भएको भन्दै आफुलाई सहयोग गरिदिन आग्रह समेत गरे।तर घट्ना घटे लगतै डा.साह लालबन्दीबाट जनकपुर गएका छन् ।
 यता,सरोकारवाला निकाय लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीलाई सो विषयमा जिज्ञासा राख्दा उनले आईसियू,भेन्टिलेटर नरहेको,अप्रेसन कक्षको सरसफाई नभएका कारण संक्रमण भएको,एनेथेसिया नरहेका ,अप्रेसन(सल्यक्रिया)का सामानहरुको सरसफाई नभएको,अप्रेसन(सल्यक्रिया)कक्षमा एनेथेसिया मेसिन नरहेको साथै अप्रेसन(सल्यक्रिया) कक्षमा मोनिटर समेत नरहेको अस्पतालमा अप्रेसन(सल्यक्रिया)गर्न नहुने बताए।उनले हाडजोनी विशेषज्ञ भएकाले डा.साहले अप्रेसन(सल्यक्रिया)गर्न पाउने भएपनि सुविधा सम्पन्न नहुँदा सम्म अप्रेसन(सल्यक्रिया)गर्न नमिल्ने बताए । सर्लाहीका निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य क्षेत्रलाई सेवा भन्दा पनि कमाउने व्यापारको रुपमा सञ्चालन गर्ने गरेका जानकारहरु बताउँछन्।उनीहरुका अनुसार सरोकारवाला निकाय तीनै गैर कानुनी कार्यगर्ने निजी स्वास्थ्य संस्थाहरुबाट कमिसन असुलेर मौन बस्दा धेरै सर्व साधारणको स्वास्थ्यमाथि ठूलो खेलवाड भई रहेको छ।

कानूनी प्रावधान के छ ?
चिकित्सकको लापरवाहीले अप्रेशन (शल्यक्रिया) गरेका बिरामीको मृत्यु भएमा मुलुकी अपराध संहिता,२०७४ अनुसार चिकित्सकलाई कार्बाही हुने प्रावधान छ।चिकित्सकले आफ्नो पेशागत कर्तव्य पालन नगरेको,त्रुटिपूर्ण उपचार गरेको,वा अप्रेशन(शल्यक्रिया) को समयमा सावधानी नअपनाएको प्रमाणित भएमा उनीमाथि कारबाही हुन्छ। लापरवाहीले बिरामीको मृत्यु भएमा चिकित्सकलाई जरिवाना,कैद,वा दुवै सजाय हुने मुलुकी अपराध संहिता, २०७४ को दफा २३२ मा व्यवस्था गरिएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकीय लापरवाहीको छानबिन गरेर चिकित्सकको इजाजतपत्र खारेज वा निलम्बन समेत गर्न सक्ने व्यवस्था रहेको छ।यदि चिकित्सकको लापरबाहीबाट बिरामीको मृत्यु भयो भने,पीडितका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आदेश अदालतले दिन सक्छ।यदि मृत्यु प्राकृतिक कारण,जटिल स्वास्थ्य समस्या,वा पूर्व चेतावनी दिइएको जोखिमका कारण भयो भने चिकित्सकलाई जिम्मेवार ठहर गर्न सकिँदैन।
यस्तो अवस्थामा चिकित्सकलाई कानुनी सुरक्षा प्राप्त हुन्छ।तर घाईते साहको सवालमा डा. साहले अप्रेशन(शल्यक्रिया) गर्नुपुर्व सहमती पत्रमा हस्ताक्षर समेत नगराएका पाइएको छ।बिरामीका परिवारले प्रहरीमा उजुरी दिन सक्छन् वा नेपाल मेडिकल काउन्सिलमा गुनासो दर्ता गर्न सक्ने व्यवस्था छ।घटनाको अनुसन्धान गरी चिकित्सकीय लापरबाही थियो कि थिएन भनेर प्रमाण खोजिन्छ। विशेषज्ञहरूको राय लिइने प्रावधान छ।

सम्बन्धित समाचार