विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड१९)संक्रमणबाट बच्न सर्लाही प्रहरीले निरनतर जनचेतनामुलक कार्य गरिरहेको छ । “तपाईको मास्क खोइ” भन्ने प्लेकार्ड बोकेर जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही,ईलाका प्रहरी कार्यालय लालबन्दी,लायन्स क्लब अफ लालबन्दी सिटि र लालबन्दी जेसिजले संयुक्त रुपमा जनचेतनामुलक कार्यक्रम गरेको हो ।
लालबन्दी बजारमा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको जानकारी गराउँदै मास्क नलगाउने पैदल यात्रीहरु तथा सवारी चालकहरुलाई मास्क वितरण समेत गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख असई सुबोध कुमार साहले जानकारी दिनु भयो ।
‘मास्क लगाऊ कोरना भगाऊ’ भन्दै लायन्स क्लब लालबन्दी सिटीले ५ सय ५० थान मास्क सहयोग गरेको थियो सोही मास्कलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही,ईलाका प्रहरी कार्यालय लालबन्दी,लायन्स क्लब अफ लालबन्दी सिटि र लालबन्दी जेसिज र अस्थायी ट्राफिक प्रहरी पोस्ट लालबन्दीले बजारमा वितरण गरेको हो ।
“सबैले मास्क लगाऊ सबैलाई बचाऊं” मास्क नलागाई हिडेको भेटिएमा रु १ सय जरिवाना गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले परिपत्र गरेपछि प्रहरीले त्यस कार्यलाई निरन्तरता दिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले बताउनु भयो ।
उहाँले आफ्नो सानो सर्तकताले आफ्नो र परिवारका साथै अरु नागरीकको स्वास्थ्यमा पनि समस्या सृजना हुनेहुँदा सबै नगरबासीले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा सहिटको टोली,लायन्स क्लब अफ लालबन्दी सिटिका अध्यक्ष राज कुमार न्यौपाने र लालबन्दी जेसिजका महासचिव राजकुमार सिंह सहित अस्थायी ट्राफिक प्रहरी पोस्ट लालबन्दीका ट्राफिक प्रहरी प्रमुख असई साह सहितको टिम सहभागी भएको थियो ।