Close This

प्रमुख जिल्ला अधिकारी पौडेल सहित ६ जनालाई कोरोना संक्रमण असोज ३० गते सम्म जिप्रका बन्द गरिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२४ गते   ४५९ पटक हेरिएको

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित शनिबार ११ जानामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज २१ गते बुधवार जिल्ला प्रशासन कार्यालय सर्लाहीका १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याकट ट्रेसिङ्गको अधारमा असोज २२ गते ७१ जनाको स्वाव कलेक्शन गरेर पिसिआर जाँच गराउँदा जिल्ला प्रशासन कार्यालयको ६ जना कर्मचारी र जिल्ला प्रहरी कार्यालय सर्लाहीको ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत रामप्रमोद यादवले जानकारी दिनुभयो । 
प्रमुख जिल्ला अधिकारी पौडेलका अंग रक्षकलाई समेत कोरोना पुष्टि भएको यादवले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेल आफ्नो निवासमा आइसोलेसनमा बस्नुभएको छ, भने अन्य कर्मचारीहरु समेत आफ्नो होम आइसोलेशनमा बसेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले आफुलाई कोरोना संक्रमण पुष्टि भएको समाजिक संजाल फेसबुक मार्फत सबैमा जानकारी गराउनुभएको छ । साथै उहाँले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सर्तक रहन र लक्षण देखिनासाथ परिक्षण गराउन फेसबुक मार्फत नै सबैमा अपिल समेत गुर्नभएको छ ।  त्यसैगरी प्रमुख जिल्ला अधिकारी पौडेल सहित ६ जनालाई कोरोना संक्रमण भएपछि असोज २५ गतेदेखि असोज ३० गते सम्म जिल्ला प्रशासन कार्यायल सर्लाही बन्द गरिने भएको छ । 
प्रमुख जिल्ला अधिकारी र प्रशासकिय अधिकृत लगायत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण न्यूनिकरणका लागि असोज २५ गतेदेखि असोज ३० गते सम्म जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र विपद् व्यवस्थापनका कार्य वाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक सूचना जारी गरी सबैलाई जानकारी गराएको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech