आर्थिक वर्ष २०८१/०८२ मा भुमी सुधार तथा मालपोत कार्यालय सिन्धुलीले विभिन्न शिर्षकबाट रु १६ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।रजिस्ट्रेशन शुल्क रु नौ करोड ९७ लाख नौ हजार दुई सय ८५,पूजिगत लाभकर रु पाँच करोड ८३ लाख ७१ हजार छ सय ४८ र अन्य राजश्व( नामसारी,रोक्का,दा.खा.)रु ५६ लाख ६५ हजार ७१ गरी कुल रु १६ करोड ३७ लाख ४६ हजार चार राजश्व संकलन भएको मालपोत कार्यालय सिन्धुलीका प्रमुख एवम प्रमुख मालपोत अधिकृत नीर वहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा रजिस्ट्रेशन शुल्क रु ११ करोड २४ लाख ४० हजार चार सय ९७,पूजिगत लाभकर रु पाँच करोड ६२ लाख ६२ हजार चार सय ४७ र अन्य राजश्व( नामसारी,रोक्का,दा.खा.)रु ४१ लाख १४ हजार पाँच सय ६६ गरी कुल रु १७ करोड २८ लाख १७ हजार नौ सय १० राजश्व संकलन भएको थियो।आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वर्ष २०८०÷०८१ मा भन्दा कुल पाँच दशमलव २४ प्रतिशत घटी राजश्व संकलन भएको कार्यालयका नायब सुब्बा तथा सूचना अधिकारी राज कुमार प्रसाईले बताए ।उनका अनुसार खरिद बिक्रि न्यून भएको र आर्थिक मन्दीका कारण मालपोतको समग्र राजश्वमा कमि आएको कार्यालयले जनाएको छ ।दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी कुल नौ वटा स्थानीय तहहरु रहेको सिन्धुलीमा एउटा मात्रै मालपोत र नापी कार्यालय रहेको छ ।