Close This

कोरोना भाईरसका सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२३ गते   ४२२ पटक हेरिएको

कोरोना भाईरसका सम्बन्धमा अन्र्तक्रिया कार्यक्रममा सहभागीहरु फोटो रितिक अधिकारी

सर्लाहीको लालबन्दीमा जिल्लामै पहिलो पटक कोभिड १९(कोरोना) भाईरस सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको कोरोना भाईरसका कारण उब्जीएको शंका आशंका कोरोना भाईरसबाट बच्न अपनाउनु पर्ने सर्तकता तथा बच्ने उपाए, के हो कोरोना भाईरस लगायतका विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
लालबन्दी नगरपालिका ९ को ब्रम्हभुमि हेल्थ रिसर्च सेन्टर प्रालीको आयोजना भएको कार्यक्रममा चिकित्सकहरुले कोरोनाको परिचय,यसबाट बच्ने उपाय लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।  पछिल्लो समयमा सामाजिक संञ्जाल लगायतका सोसल मिडियाहरुमा विभिन्न खालका हल्लाहरु चलेको समयमा नागरीकहरु अलमलमा परेका कारण आफुहरुले त्यो शंका आशंका तथा अलमललाई चिर्न कार्यक्रमको आयोजना गरी कोरोनाको बारेमा जानकारी गराएको ब्रम्हभुमि हेल्थ रिसर्च सेन्टर प्रालीका संचालक तथा कार्यक्रमका आयोजक डा.रोशन कुमार सिंहले बताउनु भयो । 
अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ डा.सिंहले दिनु भएको थियो। पछिल्लो समयम कोरोना भन्दा छिटो हल्ला फैलिएको भन्दै हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नु भयो। अन्र्तक्रिया कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी,प्रदेश सभा सदस्य बेची लुंगेली,नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानियबासी विद्यालयका शिक्षक शिक्षीका तथा बालबालीकाहरुका साथै चिकित्सकहरुको सहभागीता रहेको आयोजकले बताएको छ । सामान्य खानपान तथा सरसफाईमा ध्यान दिँदा,भिडभाडमा नजाँदा कोरोनाबाट बच्न सकिने र नेपालमा कोरोना भाईरस संक्रमित बिरामीहरु देखा नपरेको चिकित्सकहरुले बताएका छन ।
नेपाल सरकारले पनि कोरोना भाइरसका विषयमा गंभिर भई रहेको अवस्थामा विभिन्न संघ संस्थाहरु तथा विभिन्न सरकारी तथा गैर सरकारी निकायले कोरोना भाईरसको विषयमा जानकारी गराउन र बच्ने उपाय लगायतका विषयमा विभिन्न कार्यक्रमहरु गरी जानकारी गराई रहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech