यात्रु बाहक बसबाट २ लाख बढीको पटका बरामद

149 Shares

सर्लाहीको हरिवनबाट शसस्त्र प्रहरीले ठूलो मात्रामा पटका बरामद् गरेको छ।शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको शसस्त्र प्रहरीको टोलीले हरिवन नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गबाट मलंगवा काठमाण्डौँ चल्ने यात्रु बसलाई चेकजाँच गर्ने क्रममा करिब रु दुई लाख २५ हजार बराबरको पटका बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
गणका अनुसार सशस्त्र प्रहरीले यात्रुबाहक बसमा लुकाइछिपाई मलंगवाबाट काठमाण्डौँ तर्फ लैजाँदै गर्दा अन्दाजी दुई लाख २५ हजार बराबरको पटका बरामद गरेको हो।चेकजाँचका क्रममा मलंगवाबाट काठमाडौं जाँदै गरेको यात्रु बाहक बसमा लुकाइछिपाई लैजाँँदै गरेको अवस्थामा उत्त परिमाणमा पटका फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप विवरण तथा पटका ल्याउने व्यक्तिको पहिचान खुलाउने काम भई रहेको र बरामद् गरिएको पटक आवश्यक प्रक्रिया पछि नष्ट गरिने शसस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार