सर्लाहीका विभिन्न तीन स्थानमा भएको आगलागीबाट करिब ३ लाख ५० हजार बराबरको क्षेती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-७ गते   ३१० पटक हेरिएको

 सर्लाहीका विभिन्न स्थानमा भएको आगलागीबाट करिब ३ लाख ५० हजार बराबरको क्षेती भएको छ । नेपालीहरुको महान पर्व दिपावली मनाउँने क्रममा बालिएको बक्तीका कारण आगलागी हुँदा जिल्लाका विभिन्न ३ स्थानमा गरि करिब रु ३ लाख ५० हजार बराबरको क्षेत्री भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाको रामनगर गाउँपालिका १ मा रामनगर गाउँपालिका ४ मा र ईश्वरपुर नगरपालिका १ शंकरगंजमा भएको आगलागीमा करिब रु ३ लाख ५० हजार बराबरको क्षेत्री भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिए ।
जिल्लाको रामनगर गाउँपालिका १ का दुःखी सहनीको फुसको एक कोठे घरमा विधुतको तार सर्ट भई अचानक आगलागि हुँदा उक्त घर पुर्ण रुपमा जली नष्ट भएको,घर भित्र रहेको अन्नपात,लता कपडा गरि अन्दाजी मुल्य रु ७० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । तर मानविय तथा पशुचौपायको भने क्षेती नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै, जिल्लाको ईश्वरपुर नगरपालिका १ शंकरगंजका रामदेव साह सोनारको काठको दुई तल्ले घरको माथिल्लो कोठामा मैनबती बाल्दा आचानक आग्लागी भएको छ । आगलागीबाट उक्त कोठाको छानो र कोठामा रहेको एल.इ.डी टिभी,बक्स पलंङ,लक्ताकपडा,सुन चाँदीका गरगहना  लगायत गरि अन्दाजी मुल्य रु  २ लाख ७० हजार बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बिजय यादवले बताए ।                                                            साथै रामनगर गाउँपालिका ४ बहुअर्वाका रामचन्द्र रामको घर भित्र दिपावली मनाउन बालेको मैनवतीबाट आगो सल्की आगलागि भएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech