सिन्धुलीका २७ वटा कार्यालयले गरे स्वत ःप्रकाशन,१६ वटा बांकी

514 Shares

सिन्धुलीका ४३ वटा कार्यालयहरु मध्य हाल सम्म २७ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन्।संघीय,प्रादेशिक कार्यालयहरु र स्थानीय तहहरु गरी ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका यो समाचार तयार पर्दा सम्म २७ वटा कार्यालयहरुले मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीका सदस्य सचिव एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले जानकारी दिए ।उनका अनुसार सिन्धुलीका नौ वटा स्थानीय तहहरु मध्य दुधौली नगरपालिका,तीनपाटन गाउँपालिका,फिक्कल गाउँपालिका,घ्याङ्लेख गाउँपालिका,मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका गरी छ वटा पालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन् भने कमलामाई नगरपालिका,गोलन्जोर गाउँपालिका र सुनकोसी गाउँपालिकाले स्वतः प्रकाशन गरेका छैनन् ।
त्यस्तै,सिन्धुलीमा १४ वटा प्रादेशीक कार्यालयहरु रहेकामा उद्योग तथा बाणिज्य कार्यालय सिन्धुली,सिन्धुली अस्पताल सिन्धुली,जनस्वास्थ्य कार्यालय सिन्धुली,शहरी विकास तथा भवन कार्यालय सिन्धुली,पूर्वाधार विकास कार्यालय, सिन्धुली,डिभिजन वन कार्यालय, कपिलाकोट, मरिण,सिन्धुली,डिभिजन वन कार्यालय सिन्धुलीमाडी सिन्धुली,आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सिन्धुली र  जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सिन्धुली गरी नौ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाईका सदस्य एवम जिल्ला समन्वय समिति सिन्धुलीका समन्वय अधिकारी तिर्थराज पौडेलले बताए।उनका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुली,बागवानी विकास केन्द्र सिन्धुली,कृषि विकास कार्यालय सिन्धुली,खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय  सिन्धुली र यातायात व्यवस्था कार्यालय खुर्काेट सिन्धुलीले स्वतःप्रकाशन गरेका छैनन् ।
यता,२० वटा संघीय कार्यालय रहेको सिन्धुलीका नापी कार्यालय सिन्धुली,मालपोत कार्यालय सिन्धुली,जिल्ला प्रशासन कार्यालय सिन्धुली,जिल्ला हुलाक कार्यालय सिन्धुली,जिल्ला समन्वय समितिको कार्यालय सिन्धुली,सडक डिभिजन कार्यालय खाल्टे,सिन्धुली,सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय सिन्धुली,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई, सिन्धुली,चुरे   उत्थानशील आयोजना, सिन्धुली,जिल्ला निर्वाचन कार्यालय सिन्धुली,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुली र कारागार कार्यालय सिन्धुली गरी १२ वटा संघीय कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतःप्रकाशन गरेका छन्।जिल्ला अदालत सिन्धुली,सरकारी वकिल कार्यालय सिन्धुली,कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली,सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली,शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुली,करदाता सेवा कार्यालय सिन्धुली र नेपाली सेनाको सिन्धुली स्थित गणले गरी आठ वटा कार्यालयले स्वतःप्रकाशन गरेका छैनन् ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन/तीन महिनामा अद्यावधिक गरी स्वतः प्रकाशन गर्नु पर्ने प्रावधान भएपनि सिन्धुलीका १६ वटा कार्यालयहरुले स्वतःप्रकाशन गर्न बाँकी रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए ।उनका अनुसार सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ अनुसार आर्थिक वर्ष सुरु भएको रहेक तीन महिनामा हरेक नागरिकलाई सूचना उपलब्ध गराउने र कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नु पर्ने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार