प्रदेश २ मा २२४ जना कोरोना संक्रमित थपिए

2.8k Shares

 प्रदेश नम्बर २ मा बुधार २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेशमा सबैभन्दा बढी पर्सामा १०८ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, धनुषामा २८, सर्लाही र सिरहमा १९/१९ जना, बारामा १५, सप्तरीमा १३, महोत्तरीमा १२ र रौतहटमा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मंगलबारमात्र प्रदेश २ मा ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय प्रदेश नम्बर २ कोरोना संक्रमणको हट स्पट बन्दै गएको छ ।

सम्बन्धित समाचार