शसस्त्र प्रहरी महोत्तरीद्धारा करिब ६० किलो गाँजा बरामद्

348 Shares

महोत्तरीको मनराशिस्वा नगरपालिका ५ बाट शसस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागु औषध गाँजा बरामद् गरेको छ।मनराशिस्वा नगरपालिका ५ स्थित बथनाहाबाट शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट(बिओपी)बथनाहाबाट खटिएको शसस्त्र प्रहरी बलको टोलीले सोमबार राती करिब साँढे १ बजे गस्तीको क्रममा करिब ५९ किलो  प्रतिवन्धित लागु औषध गाँजा बरामद् गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ९ हे.क्वा.गण महोत्तरीले जनाएको छ ।
कार्यालयका अनुसार शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट(बिओपी)बथनाहाबाट गस्तीमा खटिएको शसस्त्र प्रहरी बलको टोलीलाई देखेपछि प्रतिवन्धित लागु औषध गाँजा ओसार पसार गर्ने मानिस प्रतिवन्धित लागु औषध गाँजा फालेर भागेका थिए ।शसस्त्र प्रहरी बल नेपाल नम्बर ९ हे.क्वा.गण महोत्तरी र माहतहका शसस्त्र प्रहरी युनिटहरु सक्रिय भएर रातीको समयमा समेत विशेष गस्ती सुरु गरेपछि सिमा क्षेत्रबाट हुने भन्सार छली तथा तस्करीका सामानहरु समेत धमाधम बरामद् हुन थालेका पाइएको छ ।

सम्बन्धित समाचार