सहकारीले बचत खाईदिएपछि रकम फिर्ता पाउनुपर्ने माग राख्दै बचतकर्ता धर्नामा

393 Shares

सर्लाहीको सुविधा बचत तथा ऋण सहकारी संस्था लि.मा आफुहरुले बचत गरेको रकम फिर्ता पाउनु पर्ने माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रिएका छन् ।बचतकर्ताहरुले रकम अविलम्व पाउनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय  सर्लाही अगाडि धर्ना सुरु गरेका हुन ।
मलंगवा नगरपालिका ८ स्थित रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ईश्वर गुप्ता बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका थिए । त्यसपछि बचतकर्ताहरुको रकम फिर्ता नगरेपछि बचतकर्ताहरु आन्दोलीत भएका हुन् । सहकारीले आफुहरुको रकम भुक्तानी नगरेपछि पीडितहरुले केहिलिन पहिला सर्लाहीका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै रकम भुक्तान नभए आन्दोलन गर्ने घोषणा गरेका थिए ।
रकम नपाउनुको साथै कारबाहीको लागि पनि ठोस प्रयास नभएको भन्दै पीडितहरु संघर्ष समिति बनाएर जिल्ला प्रशासन कार्यालय सर्लाही अगाडि धर्नामा बसेका हुन् । अविलम्ब रकम फिर्ता पाउनु पर्ने,सञ्चालकलाई कारबाही तथा तथा सम्पत्ति रोक्का गर्नुपर्ने,सहकारीको स्वतन्त्र लेखा परीक्षण हुनुपर्ने,सञ्चालकले लिएको ऋण सार्वजनिक हुनुपर्ने लगायतका माग राखिएको संघर्ष समितिले जनाएको छ ।
सहकारीका अध्यक्ष गुप्ताले आफुहरुको करिव रु २४ करोड हिनामिना गरेका बचतकर्ताहरुको भनाई छ । सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रवन्धक दिपकलाल अमात्य,खजान्ची निर्मल श्रेष्ठ सहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह प्रहरी नियन्त्रणमा परेका छन् । फरार अध्यक्ष गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार