विश्वभर कोरोना भाइरसको म्र्तियु हुनेको संख्या १ लाख नाघेको छ । अहिलेसम्म १६ लाख ३९ हजार जनाभन्दा धेरै सङ्क्रमित भएका छन् भने ङ्क्रमितमध्ये ३ लाख ६९ हजारभन्दा धेरैउपचारपछि निको भएका छन् । विश्वमा कोरोना सङ्क्रमितको संख्या सबैभन्दा बढी अमेरिकामामा रहेको छ । अहिलेसम्म अमेरिकामा ४ लाख ७७ हजार बढी सङ्क्रमित भेटिएका छन् जसमध्ये १७ हजार ९ सय बढीको ज्यान गएको छ ।
स्पेनमा १ लाख ५७ हजार बढी संक्रमित भेटिएको छ संक्रमितमध्ये १५ हजार ९ सय बढीको ज्यान गएको छ । यस्तै अर्को युरोपिली मुलुक इटालीमा मृत्यु हुने को संख्या १८ हजा बढी रहेको छ भने १ लाख ४७ हजार बढी संक्रमित छन् । फ्रान्समा पनि १२ हजार भन्दा बढीको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख १७ हजार पार गरेको छ । यस्तै बेलायतमा कोरोना संक्रमणको कारण मृतकको संख्या ८ हजार ९ सय बढी भएको छ भने संक्रमितको संख्या ७० हजार नाघी सकेको छ । भारतमा ७ हजार ३ सय बढी सङ्क्रमित छन् भने २२९ जनाको ज्यान गएको छ ।kalikanews.com