सर्लाहीमा सतप्रतिशत धान रोपियो,उत्पादन बढ्ने अनुमान

615 Shares

सर्लाहीमा यस वर्ष सत प्रतिसत धान रोपाइँ भएको छ।समयमै पर्याप्त आकाशे वर्षा हुँदा जिल्लाका किसानहरुले समयमै आफ्नो खेतमा धान रोपेका कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले जानकारी दिए ।उनका अनुसार जिल्लामा ४६ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको भएपनि पछिल्लो समय खेतीयोग्य जमिन प्लटिङ गरी घरेडी बनाईएपछि बाँकी रहेको ४३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको र यस सबै सत प्रतिसत धान खेती भएको हो ।
पछिल्लो समय धान खेती हुने जग्गामा नै घर तथा विभिन्न कार्यालय,सडक,घरेडी तथा अन्य संरचनाहरु निर्माण हुँदा धान खेती हुने क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांकमा उल्लेख गरिएको छ ।“वर्षाले साथ दिएकाले यो वर्ष जिल्लाभर धान खेती हुने सबै खेतमा रोपाइँ सकिसकेको छ।” कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख रायले बताए ।“२०६८ सालको गणनामा ८४ हजार हेक्टर खेतियोग्य जमिन रहेको जिल्लामा २०७८ मा आएर ७३ हजार हेक्टरमा मात्रे खेती हुने गरेको पाइएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।”
अझै पनि खेतीयोग्य जमिन मासेर घर,घरेडी,कार्यालय र सडक निर्माण हुनेक्रम नरोकिएकाले खेतीयोग्य जमिन अझैँ घट्दै जाने कृषि ज्ञान केन्द्रले जनाएको छ।यस वर्ष समयमै वर्षा भएको र गतवर्षहरुको तुलनामा समयमै धान रोपिएको र रसायनिक मलको समेत अभाव नरहेकाले उत्पादन बृद्धि हुने कृषि विज्ञहरुको अनुमान छ ।

सम्बन्धित समाचार