शंखर पहाडी(गौरब)
रंङ्गहरूको पर्व होलीको अवसरमा चेम्बर अफ कर्मस हरिवनले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । भुगोका हिसाबले मधेश प्रदेशका जिल्लाहरुमा मंगलबार र मिथिला क्षेत्रमा बुधबार होली पर्व मनाइने भएपनि चेम्बर अफ कमर्स हरिवनले पाहाडी क्षेत्रमा सोमबार मनाईने होली पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको चेम्बर अफ कर्मस हरिवनका अध्यक्ष कृष्ण ओमपोतेले जानकारी दिए ।

पाहाडी क्षेत्रमा सोमबार र मधेश प्रदेशका जिल्लाहरुमा मंगलबार होली पर्व मनाइँदै छ । भने मिथिला क्षेत्रमा बुधबार होली पर्व मनाईने भएको छ । रंङ्गहरुको पर्व होलीलाई सौहार्दपुर्ण,मर्यादित बनाउन रभातृत्व कायम गर्न रंङ्गहरूको पर्व होलीको अवसरमा चेम्बर अफ कर्मस हरिवनले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको चेम्बर अफ कर्मस हरिवनले जनाएको छ ।

होलीको अवसरमा सरकारले मंगलबार मधेश प्रदेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पाहाडी क्षेत्रमा पनि सोमबार सार्वजनिक विदा दिइएको थियो । तराई मधेसमा मंगलबारलाई खरो दिनको रुपमा लिने र मांशाहारी खानेकुरा नखाने चलन रहेका कारण मिथिला क्षेत्रमा बुधबार मात्रै होली खेल्ने तयारी भएको छ ।