सर्लाही हरिवन नगरपालिका ११ स्थित रहेको इन्दुशंकर चिनी उद्योगलाई तत्काल समस्या समाधान गर्न नेपाल क्रान्तिकारी उखु उत्पादन महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ । क्रान्तिकारी उखु उत्पादन महासंघले उखु किसानहरुको ११ वटा बुँदाको समस्या समाधान गर्न उद्योगलाई ध्यानाकर्षण पत्र बुझाएको अखिल नेपाल क्रान्तिकारी उखु उत्पादन महासंघ केन्द्रिय महासचिव शेख इस्तियारले जानकारी दिए ।
उनका अनुसार शौचालय सुविधा व्यवस्थित गर्नु पर्ने,यार्डमा प्रदुषणको समस्या न्यूनीकरण गनू पर्र्ने,धुलोलाई कम गर्न दैनिक पानी हाल्नु पर्ने,खानेपानी सुविधा व्यवस्थित गर्नुपर्ने,चालकलाई विश्राम गर्नका लागि विश्राम कोठाको उपलब्धता हुनुपर्ने,यार्डमा चालक र गाडीहरुको सुरक्षाका लागि सुरक्षा गार्डको व्यवस्था हुनुपर्ने,किसानहरुलाई समयमा चलानको उपलब्ध गराउनु पर्ने,यार्डमा बिजुली बतीको राम्रो व्यवस्था हुनुपर्ने,सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्ने,बाहिरबाट आएका चालकहरुका लागि सस्तो मुल्यमा खाना,खाजाको व्यवस्था हुनुपर्ने,यार्डमा ट्रायक्टर र ट्रकलाई लाइनमा पालो पहरालाई व्यवस्थित गर्नुपर्ने चिनी उद्योगले कर्मचारी खटाउनुपर्ने र चिनी उद्योगको कर्मचारीहरुले सभ्य भाषामा उखु किसान र चालकहरुसंग प्रस्तुत हुनुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।