Close This

हरिवन नगरपालिका ८ मा करेन्ट लाग्दा १ महिलाकाे ज्यान गयाेे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२८ गते   १३६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ८ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।हरिवन नगरपालिका ८, पूर्व टोल बस्ने अन्दाजी ५९ वर्षीया सावित्रा निरौलाको करेन्ट लागेर ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिनुभयाे ।

प्रहरी निरिक्षक निरौलालाई करेन्ट लाग्नासाथ उपचारका लागि नमूना अस्पताल हरिवन पुर्याईएकाे भए  पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।                                                 मंगलबार दिउँसो करिब ३ बजे श्राद्ध गर्नका लागि काठको पुरानो घर सफा गर्ने क्रममा करेन्ट लागेको स्थानीयले बताएका छन् । पक्की घर छेउमै रहेको काठको कच्ची घरको एउटा कोठामा श्राद्ध गर्नका लागि सफा गर्ने क्रममा उनलाई  डिसहोमका लागि तानिएको तारबाट करेन्ट  लागेकाे आशंका गरिएको प्रहरीले जनाएको छ ।                                         साथै साे विषयमा  थप अनुसन्धान भईरहेको  प्रहरी निरीक्षक ताम्राकारले बताउनु भयाे ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech