मधेशका डिआईजी थपलियासँग जिल्ला प्रमुखहरू विच टकराव

186 Shares

मधेश प्रदेशका दुई जिल्लाका प्रहरी प्रमुखहरुले फेरी सरुवा माग गरेका छन् ।केही महिनाअघि जिल्ला प्रहरी कार्यालय सप्तरी र धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षकहरूले सरुवा मागेका थिए।भने हालै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सीताराम रिजाल र बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलाई मधेश प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका प्रहरी प्रमुख एवम डिआईजी गोविन्द थपलियासँग जिल्ला प्रमुखहरूको टकराव बढेको रहस्य सार्वजनिक भएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी थपलियाले स्पष्टीकरण सोधेपछि मधेशका आठ जिल्लाहरु मध्ये चार जिल्लाका प्रहरी प्रमुखहरु रुष्ट भएका छन् भने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी थपलियाको कार्यशैलीलाई लिएर संगठनभित्र असन्तुष्टि बढ्दै गएको रहस्य सार्वजनिक भएको हो ।
पछिल्लो समय प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरूसँग मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी थपलियाको सम्बन्ध चिसिँदै गएको मात्रै नभई कतिपय प्रहरी अधिकारीहरुले कार्यक्षेत्र नै परिवर्तन गर्नुपर्ने अवस्था आएको प्रहरी स्रोतहरूको दाबी छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सीताराम रिजाल र बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक नरेन्द्र कुँवरलाई स्पष्टीकरण सोधेपछि डिआईजी थपलिया र मधेशका जिल्लाका प्रहरी प्रमुखहरु विच सम्बन्ध चिसिँदै गएको हो ।
प्रदेश नेतृत्वसँग मतभेदमा परेको चर्चा प्रहरी वृत्तमा चुलि रहेको बेला एउटै समयमा दुई जिल्लाका प्रहरी प्रमुखलाई स्पष्टीकरण सोधिनु सामान्य प्रशासनिक प्रक्रिया भन्दा पनि नेतृत्व र जिल्ला बीचको बढ्दो दूरीको संकेतका रूपमा हेरिएको छ।स्रोतहरूका अनुसार पछिल्लो समय बारा र रौतहट प्रहरीले सीमावर्ती क्षेत्रमा हुने तस्करी र अवैध कारोबार विरुद्ध सक्रियता बढाएको थियो।तर जिल्ला प्रहरीको यही सक्रियताप्रति प्रदेश नेतृत्व असन्तुष्ट बनेको आरोप छ।“जिल्ला प्रहरी प्रमुखहरूले केही स्थापित अवैध नेटवर्कमा हस्तक्षेप गर्न थालेपछि सम्बन्ध बिग्रिन थालेको हो।”प्रहरी स्रोतको दाबी छ ।
मधेशका केही जिल्लामा लामो समयदेखि प्रहरीभित्रकै केही व्यक्ति र सीमावर्ती क्षेत्रका अवैध कारोबारी बीच “लाइन मिलाउने”प्रवृत्ति रहेको चर्चा हुने गरेको छ।स्रोतहरूका अनुसार केही जिल्ला प्रमुखहरूले यस्ता गतिविधिमाथि नियन्त्रण गर्न खोजेपछि प्रदेश कार्यालयसँगको सम्बन्ध झन् तनावपूर्ण बनेको हो।
तर डिआईजी थपलियाले आफु तथा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम माथि लागेको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।उनले जिल्ला प्रहरी कार्यालयहरुले सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गरेका र त्यसलाई नियन्त्रण गर्न खोजेपछि आफुमाथि विभिन्न किसिमका प्रपञ्च रहेका बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतमकुमार केसी र धनुषाका प्रमुख एवम प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले पनि यसअघि प्रदेश नेतृत्वसँग असहजता बढेपछि सरुवा मागेको थिए। अहिले फेरि रौतहट र बाराका प्रहरी प्रमुख स्पष्टीकरणको घेरामा परेपछि मधेश प्रहरीभित्र नेतृत्व शैलीलाई लिएर नयाँ बहस सुरु भएको छ। 

सम्बन्धित समाचार