सर्लाहीका माछापालक किसानहरुले सोमबार(आज)प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”लाई ज्ञापन पत्र बुझाएका छन्।जिल्लाका माछापालक किसानहरुले विद्युत महशुलमा सहुलियत दिन माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका माछापालक किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रञ्जित सहनीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका माछापालक किसानहरुले प्रधानमन्त्री प्रचण्ड बाहिर रहेकाले उनको सचिवालयमा पुगेर प्रमुख स्वकिय सचिव सन्तकुमार दरैलाई ज्ञापन पत्र बुझाइएको हो ।प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकिय सचिव दरैले माछापालक किसानहरुको माग प्रधानमन्त्री प्रचण्ड समक्ष राखी सम्वोधन गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका माछापालक किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष सहनीले बताए ।
सर्लाहीका माछापालक किसानहरुले विद्युत् महशुलमा सहुलियत दिन माग गर्दै केही समयअघि पूर्व पश्चिम लोकमार्गस्थित फूलजोर चोकमा माछा फालेर प्रदर्शन समेत गरेका थिए ।कृषि मिटर अन्तर्गत बिजुलीको महशुल बुझाउँदै आएका माछापालक किसानहरुले अहिले उद्योग अन्तर्गत महँगो विद्युत् महशुल बुझाउनु पर्दा समस्यामा परेको गुनासो गर्दै आएका छन् ।माछापालक किसानहरुले विद्युत् प्राधिकरणले एक्कासी महशुल बढाएर रु तीनबाट रु १२ पु¥याइएको र किसानहरुका लागि जडान गरिएको कृषि मिटरलाई पनि उद्योग अन्र्तगत राखेर चर्काे महसुल असुल्न थालेको माछा पालक किसान लोकेन्द्र मुखियाले गुनासो गरे ।उनका अनुसार विद्युत् महशुलमा सहुलियत नपाए किसानहरु माछापालनबाट विस्थापित हुने अवस्था आउने छ ।
लामो समयदेखि पानी नपर्दा २४ सैं घण्टा मोटर चलाएर पोखरी भर्नुपर्ने भएपनि विद्युत महसुल चर्काे हुँदा आफुहरु निकै मारमा परेको किसानहरुको गुनासो छ ।जिल्लाका २० वटै पालिकामा व्यावसायिक रुपमा माछापालन हुने गरेको भएपनि ईश्वरपुर नगरपालिका, चन्द्रनगर गाउँपालिका,कविलासी नगरपालिका र हरिपुर नगरपालिकामा धेरै मात्रामा माछापालन हुने गरेको माछापालक किसानहरुले बताएका छन् ।