Close This

नगरले  आर्थिक भार थोग्न नसक्ने भन्दै 20 स्वास्थ्यकर्माचारीहरुलाई नगरपालिकाले फिर्ता 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-८ गते   ३६२ पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिका अन्र्तगत रहेका ५ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्माचारीहरुलाई नगरपालिकाले फिर्ता गरेको भन्दै स्वास्थ्यकर्मीहरु आक्रोसित बनेका छन ।
नगरपालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थाहरुमा सरुवाभई आएका तथा समायोजनमा परेका २० जना स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले पत्रकाटेर फिर्ता बोलाएको भन्दै उनिहरु आक्रोसित भउका हुन । नगरपालिकाले आवश्यक तलव भक्ता दिन सक्ने अवस्था नरहेको भन्दै आफुहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता गरेको उनिहरुको भनाई छ ।
हरिपुर प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरका सुनिल कुमार ठाकुरले बताउनु भयो । त्यसैगरी लक्ष्मीपुर,फरहदर्वा,पिडारी,जानकीनगर गरि ५ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई 
नगरपालिकाले आफ्नो  खुसीले मन्त्रालयमा फिर्ता गरेको  हो । समायोजन भएर  आएका स्वाथ्यकर्मीहरुलाई हाजिर गराइ सकेको भएपनि पछि कर्माचारीहरु बढी भएको भन्दै स्वास्थ्यकर्मीहरुले  आक्रोश व्यक्त गरेका हुन । साथै नीयमसंगत समायोजन समेत नभएको उनिहरुको भनाई छ ।
पहिला देखि नै नगरपालिकामै काम गरि रहेका रसमायोजन समेत नगरपालिकामा नै भएका स्वस्थ्यकर्माचारीहरुलाई समेत फिर्ता पठाएको उनिहरुको आरोप छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,आर्थिक प्रशासन शाखा लगायतलाई बोधार्थ भनी लेखिएको पत्रमा नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुरले हस्ताक्षर गर्नु भएको छ । नीयमसंगत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले फिर्ता पत्रमा हस्ताक्षर गरेको पत्र भए आफुहरुले स्विकार गर्न सक्ने स्वास्थ्यकर्मीहरुको माग रहेको छ । आफुहरु बाहिरबाट सरुवा भएर तथा समायोजन भएर आएको तर ३÷४ महिनासम्म तलब भक्ता खुवाएर पछि फिर्ता गरिनुको कारण समेत आफुहरुले माग गरेको हेल्थअसिष्टेन्ट निभा यादवले बताउनु भयो । उनिहरुले आफुहरुलाइृ हाजीर गर्न आउँदा मन्त्रालयको पत्र नभई नहुने तर फिर्ता पठाउनु पर्ने समयमा अन्यन्त्रको कुनै पत्र नचाहिने भन्दै आक्रोश व्यक्त गरेका छन ।
आफुहरुलाई गोप्य तरीकाबाट  चिठ्ठी बुझेको हस्ताक्षर गराएर पत्र बुझाएको उनिहरुको भनाई छ । फिर्ता पठाउने कुन नीयम अन्र्तगत भएको हो भनी सोध्दा नेपालमा नीयमसंगत कुनै पनि काम नहुने नगरप्रमुख मन्सुरले जवाफ दिएको उनिहरुको भनाई छ । विष्णु गाउँपालिकामा समायोजन भएर जानु पर्ने २ जनालाई चिठ्ठी समेत तयार पारेर पनि नगरपालिकाले रोकेर राखेको प्रति उनिहरुले जिज्ञासा राखेका छन । नगरपालिका स्वास्थ्य शाखा प्रमुख विकाउ महत्तोले यो विषयमा आफुले कुनै कुरा बोल्न नमिल्ने र नसक्ने बताउनु भयो । 
आफु स्वास्थ्य चौकी प्रमुख भएपनि भोली अर्थात बिहीबारदेखि हाजीर नगर्न फिर्ता पत्र आएकोले आफुले बुझाउनु पर्ने बरबुझारत कहाँ गर्ने भन्ने अन्यौलता रहेको राम कैलाश महत्तोले बताउनु भयो ।
सरुवा बढुवा तथा नियुक्ती गर्ने अधिकार आफ्नो भएपनि फिर्ता गर्ने अधिकार आफ्नो नभएको कारण आफुले फिर्ता पत्रमा हस्ताक्षर नगरेको र नगरप्रमुखले हस्ताक्षर गरेको प्रमुख प्रशासकिय अधिकृत उदयप्रसाद देवकोटाले बताउनु भयो । संघिय सरकारसंग समेत ४÷५ महिनामा कर्माचारी फिर्ता गर्ने कुनै नीयम कानून नरहेको देवकोटाले बताउनु भयो ।
स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण नेपाल सरकारको नियमित खोप कार्यक्रम समेत प्रभावित भएको छ । यो विशिष्ट अवस्था रहेका कारण यसको जवाफ आफुहरुसंग नरहेको प्रमुख प्रशासकिय अधिकृत देवकोटाले बताउनु भयो । नगरपालिकाले भार नै नथोग्ने गरी नगरपालिकामा जनशक्ति रहेका कारण यो अवस्था आएको नगर प्रमुख मन्सुरले बताउनु भयो । उहाँले फिर्ता पठाइएका कर्माचारीहरुको व्यावस्थापनमा आफुपनि सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech