Close This

लक डाउनलाई सघाउन उवा संघ लालबन्दीको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२३ गते   ५७८ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाही र  लालबन्दी नगरपालिकाले नगरमा लक डाउनलाई थप कडाईका साथ लागु गर्ने भएपछि उद्योग बाणिज्य संघ लालबन्दीले पनि साथ दिएको छ । शुक्रबार लालबन्दी नगरपालिकाले लक डाउन पुर्ण कडाईको सुचना निकालै लगतै उद्योग बाणिज्य संघ लालबन्दीले पनि सो निर्णयको साथ दिदै सुचना जारी गरेको हो ।
शनिवारबाट औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था सबै बन्द गर्ने नगरपालिका र उद्योग बाणिज्य संघ लालबन्दीको सुचनामा उल्लेख गरिएको छ । नगर प्रमुख मानबहादुर खड्काले समुदाय स्तरमै संक्रमण फैलिएको पाइएपछि शनिबारबाट लकडाउनमा अझ कडाई गरिने बताउनु भयो ।

लकडाउनलाई कार्यान्वयन गराउन तथा अत्यावश्यक काम पर्दा मास्क लगाएर मात्रै हिँड्न ईलाका प्रहरी कार्यालय लालबन्दीले केही दिनदेखि कडाई गरिरहेको थियो ।  भने समुदायस्तरमा कोरोना फैलनुले थप समस्या सृजना हुने भन्दै उद्योग बाणिज्य संघ लालबन्दीले पनि शनिवारबाट औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था सबै बन्द गर्न सबै व्यापारी व्यावसायीहरुलाई आग्रह गरेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो । स्थानिय सरकार र प्रशासन भन्दा आफुहरु बाहिर रहन नसक्ने भएका कारण अर्काे सुचना जारी नभए सम्मका लागि औषधी पसल बाहेकका सबै व्यापार व्यावसायीहरुलाई आ–आफ्नो व्यापार व्यावसाय बन्द गरि कोरोना फैलिन नदिने अभियानमा साथ दिन उद्योग बाणिज्य संघ लालबन्दीले सुचना मार्फत आग्रह गरेको छ ।
 नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि देश व्यापी रुपमा लक डाउनको घोषणा गरेको भएपनि लालबन्दीमा अहिले सम्म लक डाउनको प्रभाव परेको थिए । अव कोरोना भाईरस समुदायस्तरमा नै फैलन थालेपछि नगरपालिका,स्थानिय प्रशासन र उद्योग बाणिज्य संघ लालबन्दी सहितले लक डाउनलाई  थप कडाईका साथ लागु गर्ने तयारी गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech