नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा. ) सर्लाहीले लालबन्दी नगरपालिका ८ मा वडा स्तरीय संयन्त्र गठन गरेको छ ।
नेकपाका प्रदेश कमिटि सदस्य लुमणी प्रसाद धिमाल(लोचन), नेकपा सर्लाहीका नेता गोविन्द अधिकारी,डिल्ली प्रसाद अधिकारी,ज्ञान बहादुर थापा,लेख राज जर्घा लगायतका नेताहरुको उपस्थितीमा ७ सदस्य वडा स्तरीय संयन्त्र गठन गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
वडा स्तरीय संयन्त्रको संयोजक टिका प्रसाद चौलागाई चयन हुनु भएको छ भने सदस्यहरूमा क्रमस हरिमाया थिङ्ग, मदन गोले, विर बहादुर पाख्रीन,पदम बहादुर स्याङ्गवो,सुभाष पाख्रीन र घम कुमार श्रेष्ठ(राजकुमार) चयन हुनु भएको नेकपा सर्लाहीले जनाएको छ ।