Close This

‘क्लिनिकल ट्रायल’मा नेपाल पनि सहभागी हुने

पत्र पत्रिका    प्रकाशित: २०७७-१-२७ गते   २८१ पटक हेरिएको

कोरोनाभाइरसविरुद्धको उपचारको खोजी गर्नेक्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विभिन्न औषधिहरु प्रयोगको अभियान चलाएको छ ।डब्ल्युएचओले त्यस्तो प्रयोगमा सहभागी हुन नेपाललाई पनि आह्वान गरेको छ ।

प्रयोगका लागि दक्ष जनशक्ति तथा प्रयोगशालाहरुको अभाव भएकाले नेपाल तेस्रो चरणको प्रयोगमा मात्रै सहभागी हुने भएको छ ।विश्वका १०० भन्दा बढी देशले ‘कोभिड–१९’ विरुद्ध ऐक्यबद्धता जनाइसकेको ‘क्लिनिकल ट्रायल’मा नेपाल पनि सहभागी हुने भएको हो ।यसबाट नेपालमै संक्रमितहरुमा औषधिको प्रभावकारिता अध्ययन गर्ने बाटो खुलेको छ ।

कोरोना महामारीविरुद्ध लड्न तत्काल खोप तथा औषधि नहुँदा संक्रमण नियन्त्रण गर्न विश्वलाई नै चुनौती बनिरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई पनि तेस्रो ट्रायल अभियानमा सहभागी गर्न आह्वान गरेको थियो ।

यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मन्त्रालयसँग परीक्षणका लागि अनुमति मागेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गरी परिषद्लाई काम गर्न अनुमति दिइसकेको छ ।विश्वका एक हजार संक्रमित सहभागी हुने उक्त ट्रायलमा डब्लुएचओले अन्य रोगहरुविरुद्ध प्रयोग भइरहेको औषधिको परीक्षण गर्नेछ ।

जसअन्तर्गत्, इबोला, मलेरिया, एचआईभीलगायत रोगविरुद्ध प्रयोग भइरहेका रेम्डेसिभर, क्लोरोक्विन हाइड्रोअक्साइड, लोपिनाभिर–रिटोनाभिर र लोपिनाभिर विथ रिटानोभिर प्लस इन्टरफेरोन बिटा औषधिहरु डब्लुएचओले स्वीकृत गरेको छ ।

परिषद्काअनुसार नेपालमा पहिलो र दोस्रो चरणको ट्रायलका लागि ल्याब तथा दक्ष जनशक्तिको अभाव देखिएकोले पनि तेस्रो चरणको क्लिनिकल ट्रायललाई अपनाउने तयारी गरिएको छ ।तर, जोखिम उत्तिकै हुने भएकोले पनि नेपालमा संक्रमितहरुको स्वीकृत तथा आवश्यक प्रक्रिया पूरा गरेरमात्र अघि बढ्ने परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली बताउँछन् ।

क्लिनिकल ट्रायल नगरी कुनैपनि औषधि र भ्याक्सिन प्रमाणित गर्न सकिँदैन । त्यसैले पनि डब्लुएचओले कोरोना संक्रमणलाई तत्काल नियन्त्रण गर्न चालेको कदम त्यसमा पनि नेपाललाई सहभागी हुन गरेको आह्वान अवसर पनि हो ।तर, जोखिमलाई मध्यनजर गर्दै बिरामीको बिमा, आवश्यक निर्देशिका तथा प्रक्रिया पूरा गरी अगाडि बढ्न जरुरी देखिन्छ ।इमेजखबर

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech