भारतिय इलेक्ट्रीक स्कुटीहरुको अनाधिकृत आयात तथा बिक्रि वितरण

124 Shares

सर्लाहीमा विभिन्न कम्पनीका इलेक्ट्रीक स्कुटीहरुको अनाधिकृत आयात तथा बिक्रि वितरण भएको पाइएको छ।नेपाल भारत खुल्ला सीमानाको फाईदा उठाउँदै नेपालीहरु भारतिय बजार सोनवरसामा जाने र त्यहाँबाट विभिन्न कम्पनीका भारतिय इलेक्ट्रीक स्कुटीहरु खरिद गरी ल्याई नेपालमा १०–१५ हजार नाफा खाएर बिक्रि वितरण गर्ने गरेका पाइएको छ ।
नेपालमा भन्दा भारतमा इलेक्ट्रीक स्कुटीहरुको मुल्य सस्तो पर्ने भएकाले भारतिय बजार जाने नेपालीहरुले उतैबाट विभिन्न कम्पनीका भारतिय इलेक्ट्रीक स्कुटीहरु दैनिक ४–५ वटा खरिद गरी ल्याई नेपालमा नाफा खाएर बिक्रि वितरण गर्ने गरेका भएपनि सरोकारावाला  निकाय मौन बसेको पाइएको छ ।प्रति घण्टा २५ किलोमिटर भन्दा धेरै गति हुने कुनैपनि सवारी साधनको सवारी दर्ता किताब हुनुपर्ने,सवारी चालक अनुमती पत्र चाहिने र सवारी साधनको नम्बर प्लेट हुनु पर्ने 
नेपालको यातायात सम्बन्धी कानूनी व्यवस्था रहेको नेपालको यातायात सम्बन्धी नियममा उल्लेख गरिएको भएपनि यसरी अनाधिकृत रुपमा नेपाल ल्याईने भारतिय इलेक्ट्रीक स्कुटीहरुको नम्बर प्लेट र सवारी दर्ता किताब नहुने गरेका कारण दुर्घटना भएमा पीडितलाई क्षतीपुर्ति दिलाउन समेत समस्या हुने तथा गैर कानूनी रुपमा प्रयोग हुने क्रम बढ्ने स्थानीय जानकारहरु बताउँछन् ।
उनीहरुका अनुसार त्यसका साथै विभिन्न कम्पनीका भारतिय इलेक्ट्रीक स्कुटीहरु अनाधिकृत रुपमा नेपाल भित्र्याउँदा नेपालमा रहेका इलेक्ट्रीक स्कुटीहरुको खरिद बिक्रि समेत नहुने जसका कारण नेपाल सरकारलाई सरकारी राजश्वमा हानी नोक्सानी पुग्ने गरेको छ ।
सीमाको सुरक्षा गर्न खटिएका सुरक्षाकर्मीहरु र सवारी साधन कै लागि खटिएको ट्राफिक प्रहरी यस प्रकारको गतिविधिमा बेखबर बस्नाले ट्राफिक नियम उल्लंघनका घटनाहरुका साथै दुर्घटनाको जोखिम र अनाधिकृत रुपमा भारतिय इलेक्ट्रीक सवारी साधनहरु सञ्चालन भई रहेका स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार