हरिवनबाट चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-३२ गते   २१०१ पटक हेरिएको

सर्लाहीको हरिवनबाट प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । हरिवन नगरपालिका ७ बाट चोरीको मोटरसाईकल सहित रौतहटको ईशनाथ नगरपालिका ८ बस्ने बर्ष अन्दाजी ३३ का शेष मजिदलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
असार २४ गते शुक्रवारका दिउँसो करिब १ बजे समयमा हरिवन नगरपालिका ९ स्थित नयाँरोडमा पार्किङ गरी राखिएको स ६ प ९६२३ नम्बरको मोटरसाइकल चोरी भएको मोटरसाईकल धनी हरिवन नगरपाकिला ७ का उत्तम कुमार पौडेलले ईलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दिएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले बताउनु भयो । उहाँका अनुसार मोटरसार्यकल धनी पौडेलले निवेदन दिए लगतै आफुहरुले मोटरसाईकलको खोजी सुरु गर्दा असार २९ गते हरिवन नगरपालिका ७ स्थित साईफन नजिक भित्री सडकखण्डबाट मोटरसाइकल सहित पक्राउ मजिदलाई पक्राउ गरिएको बताउनु भयो ।
मजिदलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय हरिवन क्षेत्रबाट मोटरसाईकलहरु चोरी हुने क्रम बढेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech