जनमत पार्टीले आफ्नो दललाई मधेश प्रदेश सरकारबाट फिर्ता बोलायो

368 Shares

मधेश प्रदेश सरकारको नेतृत्व गरी रहेको जनमत पार्टीले आफ्नो दललाई फिर्ता बोलाएको छ ।जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले शनिबार मधेस प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।“जनमतले सरकारमा समर्थन समेत उक्त पार्टीका मुख्यमन्त्री तथ मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।”संसदीय दलका नेता यादवले लेखेको पत्रमा लेखिएको छ ।पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक निर्णय अनुसार मुख्यमन्त्री सहित मन्त्रीहरूलाई बोलाएको पत्रमा उल्लेख गरिएको छ।
यता,“जेन जी”पुस्ताको आन्दोलन उग्र बनेको बेला भदौ २४ गते राजीनामा घोषणा गरिरसकेका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूले औपचारिक रूपमा राजीनामा नदिएको दाबी गर्दै पुनःकामकाजमा फर्किने बताएका थिए । 
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको निर्देशनमा उनले आफ्नो सामाजिक संजाल फेसबुकबाट वक्तव्य जारी गर्दै राजीनामा दिएको घोषणा गरेका भएपनि उत्तः राजिनामा पत्र यो समाचार तयार पर्दा सम्म प्रदेश प्रमुखको कार्यालयमा नपुगेको पाइएके छ ।
“नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ,जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु”उनको वक्तव्यमा उल्लेख थियो। 
मुख्यमन्त्री सिंहले राजिनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु पर्ने र प्रदेश प्रमुखले स्वीकृत गर्ने संवैधानिक व्यवस्था छ।संविधानको धारा १६९ को उपधारा १ को (क) मा मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिनुपर्ने उल्लेख छ ।अहिलेसम्म मुख्यमन्त्री सिंहको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको नभएको मधेश प्रदेश प्रमुख कार्यालयका सचिव सत्रुधन यादवले बताए ।“मुख्यमन्त्री सिंहले राजीनामा दिएको कुरा हामीले पनि फेसबुकमा हेर्यौं।तर प्रदेश प्रमुखको कार्यालयलाई अहिलेसम्म लिखित राजीनामा पत्र कुनै पनि माध्यमबाट प्राप्त भएकोे छैन् ।उनले भने ।
प्रदेश प्रमुख कार्यालयमा लिखित रुपमा राजिनामा नदिएको र स्वीकृत नभएकाले कानुनी रुपमा उनको हालसम्म मुख्यमन्त्री पद कायमै रहेको छ।२०८१ जेठ २५ मा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)सहित सात दलको समर्थनमा सिंह मधेश प्रदेशको मुख्यमन्त्री भएका थिए । पछि केन्द्रको घटनाक्रमले माओवादी केन्द्र सहितका दल निस्केका थियो भने नेपाली काँग्रेस मधेश प्रदेश सरकारमा सहभागी भएको थियो ।
जनमत पार्टीका अध्यक्ष डा.राउतले जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवलाई पन्छाएर सिंहलाई मुख्यमन्त्री बनाएका थिए ।१५ महिनासम्म चलेको सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा विचौलिया हाबी,असमान बजेट र योजनाको चिठी खुलेआम कमिसनमा बेचेको भनेर विवादित रहेको थियो ।

सम्बन्धित समाचार