सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको सिट बाँडफाँड टुंगियो ,१ जसपा,२ र ३ माओवादी केन्द्र र ४ मा कांग्रेस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१३ गते   ४०३ पटक हेरिएको

सर्लाहीका ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गठवन्धनभित्रका दलबीच सहमती भएको छ । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),नेकपा(एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी विच भएको गठवन्धनबाट जिल्लाका सबै ४ वटै निर्वाचन क्षेत्रमा भागबण्डा टुंगिएको नेताहरुले बताएका छन् ।
अहिलेसम्मको सहमती अनुसार क्षेत्र नं. १ मा  जनता समाजवादी पार्टी,क्षेत्र नम्बर २ मा नेकपा(माओवादी केन्द्र),क्षेत्र नं. ३ मा नेकपा(माओवादी केन्द्र) र क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले लिने सहमती भएको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. १ बाट निवर्तमान सांसद प्रमोद साह, माओवादी केन्द्रले क्षेत्र नं. २ मा महेन्द्र राय यादव,माओवादी केन्द्रले क्षेत्र नम्बर ३ बाट नरेन्द्र साहलाई उठाउने पक्का पक्की जस्तै नै छ । भने सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलि रहेको नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति तथा मधेश प्रदेश सरकारका महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले बताए । उनले शेखर कोइराला गुटका निवर्तमान सांसद डा.अमरेशकुमार सिंहले आफूले नै टिकट पाउने दावी गरेपनि उनि कतैबाट सिफारिस नभएका र पार्टीले विधि विधान अनुसार सर्लाही क्षेत्र नम्बर  ४ मा क्षेत्रीय समितिले पार्टीका महामन्त्री गगनकुमार थापाको नाम सिफारिस गरी पठाएको नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले बताए ।
सामाजिक सञ्जालहरुमा भएको हल्लाको पछि नलागी पार्टीको आधिकारीक निर्णय अनुसार लाग्न नेपाली कांग्रेस सर्लाहीले आग्रह गरेको छ । भने गठाबन्धन बाहेकका दलहरु पनि उम्मेदवार कसलाई बनाउने भनने विषयमा छलफलमा रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech