Close This

असिना र हुरी पिडितलाई रेडक्रसको राहत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१६ गते   ४९६ पटक हेरिएको

गत शुक्रबार आएको हावाहुरी तथा असिना पानी  पीडितहरुले राहत पाएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ र १६ का करिब २० घर परिवारलाई नेपाल  रेडक्रस सोसाईटी लालबन्दीले राहत वितरण गरेको हो ।
असिना र हुरीका कारण घरको छाना उड्नुको साथै मकै तथा गहू बाली,तरकारी तथा फलफुल बाली पुर्ण रुपमा नष्ट भएको थियो ।  घरको छानो उडेका बस्न सक्ने अवस्था नभएका २० घर परिवारलाई रेडक्रस लालबन्दीले राहत स्वरुप ,त्रिपाल ,भाडाकुडा र कपडा बितरण गरेको नेपाल रेडक्रस सोाईटी लालबन्दीका सभापति ध्रुव घिमिरेले जानकारी दिनु भयो । हुरी तथा असिना पीडितका लागि भने लालबन्दी नगरपालिकाले अहिले सम्म कुनै सहयोग नगरेको पीडितहरुले गुनासो गरेका छन । 
तर लालबन्दी नगरपालिकाले स्थलगत अनुगमनको काम सकिएको र  पीडितहरुको विवरण संकलन गरेर राहत वितरण गरिने लालबन्दी नगरपालिकाकी उप  प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो ।आफुहरुले स्थलगत रुपमा अनुगमन गरि सकेको र वडा कार्यलयसंग समन्वय गरेर राहत वितरण गर्ने तयारी भई रहेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech