सर्लाहीको मलंगवा स्थित नेपाल भारत सिमा क्षेत्रमा एक सय आठ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।देशको राष्ट्रियताको भावना जगाउन नेपाल र छिमेकी देश भारतको सिमाना स्थित जिल्लाको मुख्य भन्सार नाका गोरखकाली बोर्डरमा एक सय आठ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिएको हो ।दिनप्रतिदिन मिचिने सिमाको रक्षार्थ सिमा क्षेत्रमा बसोबास गरि रहेका मानिसहरुले खेलेको भुमिका संघिय राजधानीलाई थाहा नभएको झण्डोतोलन कार्यक्रममा प्रमुख अतिथि एवम मधेश प्रदेशका अर्थ मन्त्री यादवले बताए । उनले सिमा क्षेत्रमा बसोबास गरि रहेका हरेक नेपालीले दैनिक मिचिने सिमाको रक्षा गरि रहेका बताए ।

राष्ट्रिय झण्डा देशको झण्डा मात्र नभई गौरब,शान र प्रतिष्ठा रहेको समेत मन्त्री यादवले बताए ।मन्त्री यादवले आफ्नो मधेश प्रदेश सरकार बेकामे सरकार भएपनि आफ्नो क्षेत्राधिकारलाई प्रयोग गरि मधेश प्रदेशका सिमा क्षेत्रहरुका साथै विकास निर्माणको काममा पनि लागि परेको बताए ।
यता, विभिन्न राष्ट्रिय दिवशहरुमा अहिले राखिएको झण्डको संरक्षणका लागि यही स्थानमा कार्यक्रमहरु राखिनु पर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले बैशाख ११ गते लोकतन्त्र दिवश,जेठ १५ गते गणतन्त्र दिवश,असोज ३ गते संविधान दिवश,फागुन ७ गते प्रजातन्त्र दिवशमा पनि यसै स्थानमा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्नु पर्ने बताए ।
मधेश प्रदेश सरकारको रु ३० लाखको लागतमा मलंगवा नगरपालिकाको समन्यमा निर्माण भएको झण्डोतोलन स्थलमा सर्लाहीको पहिचान झल्कीने तस्बीहरु समेत राखिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुका साथै दुवै देशका सुरक्षाकर्मीहरु र स्थानीय बासीको उपस्थिति रहेको थियो ।