Close This

पौडी खेल्ने क्रममा एक व्यक्तिको डुबेर मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२४ गते   ९२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका–१५ परवानीपुरको बाहुनी खोलाको दहमा पौडी खेल्ने क्रममा एक व्यक्तिको डुबेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका १३ भाडीघारीका करिब ५० वर्षीय उर्गेन वाइबाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
स्थानीयका अनुसार बुधबार साँझ उनी पौडी खेल्न त्यसतर्फ गएका थिए। बाहुनी खोला लालबन्दी नगरपालिका १५ र लालबन्दी नगरपालिका १३ को सीममा पर्दछ । शारीरिक रुपमा अलि अशक्त उनको नजिकका नाता पर्ने कोही नभएकाले कसैले पनि चासो नदिएकाले बिहीबार बिहान दहको पानीमा लास तैरिरहेको देखेपछि प्रहरीलाई स्थानीले जानकारी गराएका थिए।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट तत्कालै खटिएका प्रहरी टोलीले शवलाई बाँसको सहयोगमा बाहिर निकालीएको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगेका प्रहरीले जनाएको छ । उर्गेन केहि वर्षदेखि छिमेकीको घरमा बस्दै आएका थिए।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech