सर्लाही र सिन्धुलीमा एउटा एउटा सहित देशभरका २३ जिल्लामा २३ वटा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारले निर्णय गरेको छ।नागरिकहरुलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै मन्त्रिपरिषद बैठकले सिन्धुलीको दुधौलीमा र सर्लाहीको बलरा सहित २३ जिल्लामा २३ वटा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ।
सिन्धुलीमा जिल्ला प्रशासन कार्यालयले मात्रै सेवा प्रवाह गरी रहेको अवस्थामा नागरिकहरुका लागि सेवा प्रवाहमा सहजता ल्याउन भन्दै दुधौलीमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो।सात वटा गाउँपालिका सहित दुई वटा नगरपालिका गरी नौ वटा पालिका रहेको सिन्धुलीमा दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकालाई सेवा प्रवाह गर्ने गरी ईलाका प्रशासन कार्यालय दुधौली स्थापना गर्ने निर्णय भएको प्रति बागमती प्रदेश सभाका सदस्य मातृका प्रसाद भट्टराईले स्वागत गरेका छन् ।
त्यसैगरी ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा सहित जिल्ला प्रशासन कार्यालय मलंगवाबाट सेवा प्रवाह भई रहेको भएपनि देशभर कै सबै भन्दा धेरै स्थानीय तह रहेको सर्लाहीको बलरामा नयाँ इलाका प्रशासन कार्यालय थपिने भएको हो ।प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या,भौगोलिक वनावट र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ।
इलाका प्रशासन कार्यालय,सिरिजंगा,ताप्लेजु,इलाका प्रशासन कार्यालय,हलेसी, खोटाङ,इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा,इलाका प्रशासन कार्यालय,सुखिपुर,सिरहा,इलाका प्रशासन कार्यालय,धनुषाधाम,धनुषा,इलाका प्रशासन कार्यालय, पोखरिया,पर्सा,इलाका प्रशासन कार्यालय,टोखा,काठमाण्डौ,इलाका प्रशासन कार्यालय, धो,डोल्पा,इलाका प्रशासन कार्यालय, खत्याड,मुगु,इलाका प्रशासन कार्यालय,रास्कोट,कालिकोट,इलाका प्रशासन कार्यालय, कोल्टी ,वाजुरा,इलाका प्रशासन कार्यालय,देउरा,बझाङ,इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम, इलाका प्रशासन कार्यालय,विपिनगर,डोटी,इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला, इलाका प्रशासन कार्यालय,मेलौली,बैतडी,इलाका प्रशासन कार्यालय, हेदङ्वा, संखुवासभा, इलाका प्रशासन कार्यालय,गैडहवा,रुपन्देही,इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ,इलाका प्रशासन कार्यालय,सितगंगा,अर्घाखाँची र इलाका प्रशासन कार्यालय,खैरहनी, चितवन इलाका प्रशासन कार्यालय थपिने भएका हुन ।