ज्यान मार्ने अपराधिक षड्यन्त्र गरेका भन्दै अर्जूनले जाहेर गरेको मुद्धा झुठो ठहर,पुर्णपाठ आउन बाँकी

678 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ का व्यवसायी सिद्धि बहादुर राय क्षेत्री(अर्जुन)ले ज्यान मार्ने अपराधिक षड्यन्त्र गरेका भन्दै २०७८ पुस २२ गते दिएको जाहेरी झुठो रहेको पाइएको छ । जिल्ला अदालत सर्लाहीका  न्यायधिश विष्णु प्रसाद रेग्मीको इजलाशले असार ९ गते हरिवन नगरपालिका ११ का व्यवसायी अर्जुनले २०७८ पुस २२ गते दिएको ज्यान मार्ने अपराधिक षड्यन्त्र सम्बन्धी जाहेरी झुठो रहेको ठहर गरेका हुन ।
सर्लाहीकै बागमती नगरपालिकाका तत्कालीन लेखा अधिकृत विश्वराज पोख्रेलको योजनामा भारतीय सुटरहरूलाई गोली हान्न सुपारी दिएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले सरकारी वकिलको कार्यालय सर्लाही मार्फत जिल्ला अदालत सर्लाहीमा २०७८ पुस २२ गते दर्ता गरेको ज्यान मार्ने अपराधिक षड्यन्त्रको मुद्धा जिल्ला अदालत सर्लाहीका  न्यायधिश विष्णु प्रसाद रेग्मीको इजलाशले असार ९ गते झुठो रहेको ठहर गरेको जिल्ला अदालत सर्लाही स्रोतले जनाएको छ ।
अर्जुनले बागमती नगरपालिकाका तत्कालीन लेखा अधिकृत पोख्रेलको योजनामा भारतीय सुटरहरूलाई आफुलाई गोली हान्न सुपारी दिएको भनी दर्ता गरेको मुद्धा झुठा ठहरिएको भन्दै फौसला गरेको भएपनि पुर्णपाठ भने आउन बाँकी रहेको छ ।हरिवन नगरपालिका ११ का अर्जुनले आफुलाई हरिवन नगरपालिका ११ स्थित कडरिया चोकमा भारतबाट आएका ती सुटरहरुले गोली हान्ने प्रयास गरेका तर आफु भाग्यले बाँच्न सफल भएको बताएका थिए ।
“टार्गेट मिस”भएपछि सुटरसँगै आएका एकजना युवाले हत्या योजनबारे खुलासा गरेपछि पोख्रेल मुख्य योजनाकार रहेको खुलेको उनको आरोप छ ।२०७८ असोज २४ मा भारतीय सुटरहरू प्रकाश सिंह,बिटु सिंह र अरुण कुमार सिंह गरी तीन जना हरिवन नगरपालिका ११ मा रहेको एक होटलमा बसेको र आफ्नोे निगरानी गरेपछि असोज २५ गते करिब साढे ७ बजे गोली हान्ने प्रयास गरेको सिसिटिभी फुटेजमा कैद दृश्यले देखाएको अर्जुनको जाहेरीमा उल्लेख गरिएको छ ।
हरिवन नगरपालिका ९ घर भएका पोखरेलको आग्रहमा बलरा नगरपालिकामा १ घर भई नरहरगञ्ज प्रा.विमा अध्यापन गराउने अन्दाजी ५० वर्षीय सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएको अर्जुनको जाहेरीमा उल्लेख गरिएको छ।हत्या योजनामा अर्जुनले तत्कालीन लेखा अधिकृत पोख्रेल सहित आठ जनालाई विपक्षी बनाएर जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा २०७८ पुस २२ मा जाहेरी दर्ता गराएका थिए ।त्यसपछि ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा पोख्रेल र सिहंलाई अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।
यता,सरकारवादी मुद्धा भएकाले आफुहरु एवम सरकारी वकिलहरु पुनरावेदन अदालत जाने अर्जुनले बताएका छन् ।उनले सरकारवादी मुद्धा रहेपनि विपक्षीले ३९ पटक सम्म पेशी सारेर आफु अनुकलका न्यायधिशको पालो आएपछि अचानक फैसला गराएका बताए।झुठा मुद्धामा दोषी ठहर भए ३ देखि ६ वर्ष कैद सजाय हुने कानुनी व्यावस्था रहेको कानुन व्यावसायीहरुले बताएका छन् ।
अर्जुन माथी विपक्षीहरुले बागमती नगरपालिका १२ बागमती नदी किनारमा हरिओक एग्रिगेट इण्डष्ट्रीजका सञ्चालन गरे वापत नगरपालिकालाई करिब चार करोड राजश्व नतिरेका,अवैध कारोबारी गर्ने र अर्काको पैतृक सम्पती हडप्न अर्जुनले पटक पटक झुठा मुद्धा दायर गर्ने गरेका लगायतका आरोपहरु लगाएका छन् ।

सम्बन्धित समाचार