बाराको कोल्हवीबाट ५ किलो गाँजा सहित ३ जना पक्राउ

गणेश खड्का    प्रकाशित: २०८०-५-१२ गते   ४०३ पटक हेरिएको


बाराको कोल्हवीबाट प्रतिबन्धीत लागु औषध गाँजा सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बाराको कोल्हवी नगरपालिका २ भलुवाही खोर स्थित रहेको अस्थायी प्रहरी पोष्ट झुरझुरेबाट खटिएको प्रहरीको चेकिङ टोलीले शंकालागि चेकजाँच गर्ने क्रममा पुर्व पश्चीम राजमार्ग स्थित तामागढीबाट कोल्हवी तर्फ जाँउदै गरेको ना.२ ह. १४०० नंम्बरको अटोलाई रोकी चेकजाँच गर्दा पछाडी रहेको डिकी भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा प्रतिवन्धीत
लागु औषध गाँजा पाँच किलो सहित तीन जना मानिस र एउटा अटो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पुर्व पश्चीम राजमार्ग स्थित तामागढीबाट कोल्हवी तर्फ जाँउदै गरेको ना.२ ह. १४०० नंम्बरको अटोलाई रोकी चेकजाँच गर्दा पछाडी रहेको डिकी भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा प्रतिवन्धीत लागु औषध गाँजा पाँच किलो सहित तीन जना मानिस र एउटा अटो नियन्त्रणमा प्रहरीले लिएको हो ।
प्रतिवन्धीत लागु औषध गाँजा पाँच कलिो सहित बाराको निजगढ नगरपालिका १३ का अन्दाजी ३८ वर्षिय बलराम लामा अटो चालक,निजगढ नगरपालिका १३ कै अन्दाजी २७ वर्षिय अनिल लामा र निजगढ नगरपालिका १३ कै अन्दाजी ३५ वर्षिय शुकराम स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नियन्त्रणमा लिइएका तीनै जना सहित अटो र प्रतिवन्धीत लागु औषध गाँजा ईलाका प्रहरी कार्यालय कोल्हवीमा राखि आवश्यक अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech