हिमाली र पाहाडी ५६ जिल्लामा बिहीबार होली,देशैभरी सार्वजनिक विदा

394 Shares

सामाजिक,धार्मिक तथा साँस्कृतिक महत्वको पर्व फागु पूर्णिमा(होली) बिहीबार पाहाडी जिल्लाहरूमा मनाइदै छ।हरेक वर्ष फागुन पुर्णिमाका दिन रंगहरु खेलेर मनाईने सामाजिक,धार्मिक तथा साँस्कृतिक महत्वको पर्व फागुपूर्णिमा(होली) बिहीबार पाहाडी जिल्लाहरूमा मनाईने भएकाले ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ।
हिमाली र पाहाडी क्षेत्रका नागरिकहरुले बिहीबार विभिन्न किसिमका रंग खेली र विभिन्न सांस्कृतिक गतिविधिहरू गर्दै यो पर्व उत्सवका साथ मनान्छ ।
हिमाली जिल्लाहरु 
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा,सिन्धुपाल्चोक,रसुवा, मनाङ,मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला,धादिङ,रामेछाप,गोरखा र रुकुम (पूर्व) 
पाहाडी जिल्लाहरु
पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर,ओखलढुंगा,खोटाङ, सिन्धुली,काभ्रेपलाञ्चोक, नुवाकोट,  म्याग्दी, बाग्लुङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पश्चिम), रोल्पा, प्यूठान, सल्यान,जाजरकोट, दैलेख, डोटी,अछाम,बैतडी,डडेल्धुरा,तनहुँ,      लमजुङ,कास्की, स्याङ्जा, पर्वत, उदयपुर,मकवानपुर,चितवन, नवलपरासी (पूर्व),दाङ, र सुर्खेत गरी पाहाडी ३६ वटा जिल्लामा बिहीबार एकैसाथ फागुपूर्णिमा(होली) मनाईदै छ ।भने,तराई क्षेत्रका जिल्लाहरुमा चैत्र १ गते होली मनाइने भएको छ 
होली पर्व र यसको महत्व
होली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड हो,जुन हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ।यो पर्व विशेष गरी नेपाल र भारतमा धूमधामका साथ मनाइन्छ। मानिसहरूले एकअर्कालाई रङ लगाउने,खुशीयाली साट्ने तथा पारिवारिक एवम सामाजिक सम्बन्ध सुदृढ गर्ने होली पर्वको परम्परा छ।
होलीले समाजमा प्रेम,भाइचारा र एकता कायम गर्न मद्दत गर्छ, सत्य, निष्ठा र धर्मको विजयको प्रतीकका रूपमा यस पर्वलाई लिइन्छ। होलिका दहनले हानिकारक जीवाणुहरू नष्ट गर्ने विश्वास समेत गरिन्छ ।यसका साथै लोकगीत,नृत्य तथा परम्परागत संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा होली पर्वले योगदान पु¥याउँछ।
होली पर्वको ऐतिहासिक पृष्ठभूमि
होली पर्व विभिन्न पौराणिक कथाहरूसँग सम्बन्धित छ।त्यसमध्ये प्रह्लाद र होलिकाको कथा सर्वाधिक चर्चित छ। कथा अनुसार,दानवराज हिरण्यकश्यपले भगवान् विष्णु भक्त छोरा प्रह्लादलाई मार्न खोजे। प्रह्लादलाई होलिकालाई आगोमा जलाउन लगाएकी थिईन तर विष्णुको कृपाले प्रह्लाद बच्न सफल भए र होलिका आफैँ आगोमा जलेर नष्ट भइन्।यही घटनाको सम्झनामा होली मनाइन्छ, जसमा पहिलो दिन होलिका दहन (असत्यमाथि सत्यको विजय) गरिन्छ र दोस्रो दिन रंग खेल्ने परम्परा रहेको छ।
नेपालमा होली पर्वको परम्परा
नेपालमा होली विशेष गरी पाहाडी तथा तराई भेगमा फरक(फरक दिन मनाइन्छ।पाहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट उल्लासपूर्वक होली खेलिन्छ।यस पर्वको दिन काठमाडौं उपत्यकामा वसन्तपुर दरबार क्षेत्रमा राखिएको चीर ठड्याउने तथा विसर्जन गर्ने परम्परा छ।होली केवल रंगहरूको खेल मात्र नभई धार्मिक,सांस्कृतिक तथा सामाजिक रूपमा महत्वपूर्ण पर्व हो। यो पर्वले पुराना वैर(विरोधहरू बिर्सन,प्रेम फैलाउन र खुसी साटासाट गर्न प्रेरित गर्छ।

सम्बन्धित समाचार