Close This

संग्रामपुर सिमा नाकाबाट खुलेआम रुपमा आवतजावत,सुरक्षाकर्मी लाईन मिलाउन मै व्यास्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१७ गते   २०९ पटक हेरिएको

 सर्लाहीको पर्सा गाउँपालिकास्थित संग्रामपुर नाकामा नेपाल भारततर्फ आउजाउ गर्नेहरुको लर्को छ । सिमानाकाका साथै खेतको बाटो प्रयोग गरि दिनभर हजारैँ मानिसहरु निर्वाध रुपमै ओहोर दोहोर गर्ने गरेका छन् । कसैले टाउकोमा ठूल्ठूला पोका बोकेका छन् भने केहीले हातमा समान भरिएको झोला झुन्डाएका छन् । सिमा पार हुने बाटो नहुँदा बिहेवारी तथा मरनमारनको कामको समान पनि मानिसले बोकेरै सिमावारीपारि गरिरहेका छन् । प्रहरी चौकी र बोर्डर आउट पोष्टको नजिकैको बाटो समेत प्रयोग गरि भन्सार छलीका सामानहरु चिनी,मरिच,जिरा,कपडा,चामल तथा सुर्ति जन्य पर्दाथको ओसार पसार हुने गरेको पाइएको छ । 


बोर्डर आउट पोष्ट संग्रामपुरको सिमाक्षेत्र ७ किलो मिटरको दुरी पर्दछ । सो सिमाबाट पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत भइरहेको छ । बाहिरबाट नयाँ मानिसहरु आएको समयमा केही कडाई गरेपनि अरु समयमा खुलेआम रुपमा सामानहरु ओसार पसार गर्न दिने गरेको पाइएको छ । सुरक्षार्थ सशस्त्र प्रहरी सिमामा खटिएका भएपनि उनिहरुकै मिलेमतोमा भन्सार छलीका सामानहरु खुलेआम रुपमा आउने गरेका छन् । संक्रमणको बेला वारिपारि हिँड्नेको तथ्यांक समेत संग्रामपुर नाकामा राखिएको छैन । पारी दशगजामा रहेको पिलरकै छेउमा भारतिय सुरक्षाकर्मीहरु पहरा दिएर बसेका छन् । 
स्वास्थ्य परिक्षण बिनै निर्वाध रुपमा संग्रामपुर नाकाबाट आउजाउ भइरहेको छ । प्रदेश २ का सबै जिल्लाहरुको सिमाना खुल्ला रहेको छ । 
सबै निकायले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । नत्र स्थिति भयावह हुनेछ । संक्रमण बढेपनि प्रदेशका ८ वटै जिल्लाका मुल नाकामा कडाइ गरिएको शसस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी चन्द्र प्रकाश गौतमले बताउनु भयो । सिमामा सतर्कता नअपनाई यस्तै लापरबाही गरिरहे अवस्था भारतजस्तै भयावह हुने जनस्वास्थय विज्ञले चेतावनी दिँदै आएका छन् । भने सरकोकारबाला निकाय मौन बसेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech