सर्लाहीको मलंगवा र मुसैलीमा सडक कालोपत्रेको काम अलपत्र

486 Shares

मधेशको लाईफ लाईनको रुपमा निर्माण हुन थालेको पूर्व पश्चिम हुलाकी सडक खण्ड अन्तर्गत सर्लाहीको मलंगवा र मुसैलीमा सडक कालोपत्रेको काम अलपत्र परेको छ ।मलंगवामा निकै सुस्त गतिमा काम भइरहे पनि मुसैलीमा काम अलपत्र पर्दा धुलाम्मे सडकका कारण स्थानीय आजित भएका छन् ।
हुलाकी सडकको सर्लाही खण्डमा बागमती खोाल देखि बाँके खोलासम्म अन्यत्र सडक कालोपत्रे भएपनि मलंगवाको मुख्य बजार क्षेत्र र मुसैलीमा मात्रै सडक निर्माणको काम अलपत्र परेको छ ।
 मलंगवामा राजश्री सिनेमा चोकदेखि टावर चोकसम्मको सडक कालोपत्रे हुुन बाँकी रहेको छ ।कच्ची सडकका कारण धुलोको सास्ती खेप्नु परेको भन्दै पटक पटक स्थानीयले आवाज उठाउने गरेका भएपनि निर्माण निर्माण कम्पनी सुस्त देखिएको स्थानीय समिम बाबु खानले बताए ।उनका अनुसार स्थानीयले पटक पटक निर्माण कम्पनी र सरोकारवाला निकायलाई घच्घच्याउँदा पनि सडक कालोपत्रे हुन सकेको छैन् ।
करिव दुुई किलोमिटर सडक कालोपत्रे हुन नसकेपछि धुलोले असाध्य समस्या गरेको भन्दै स्थानीयले चक्काजाम गर्ने,टायर बालेर प्रदर्शन गर्ने जस्ता दबाबमूूलक कार्यक्रम गर्दै आइरहेका छन् । सडक कालोपत्रे गराउन भनी स्थानीय जनप्रतिनिधि,सुरक्षा अधिकारी,सडक कार्यालयका प्रमुखलगायतले समय समयमा अनुमगन समेत गर्ने गरेका भएपनि उपलब्धिमुलक हुन नसकेको स्थानीयले बताए ।
यता,हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले हेर्ने तीन सय ९३ दशमलव ५८ किलो मिटर हुलाकी सडक मध्य यो समाचार तयार पर्दा सम्म करिब तीन सय ३५ दशमलव ७३ किलो मिरट सडक कालो पत्रो भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका प्रमुख कृष्ण कुमार महत्तोले जानकारी दिए ।उनका अनुसार दुई सय ८९ दशमलव ७० किलो मिटर नेपाल सरकार र उक सय तीन दशमलव ८८ किलो मिटर सडक भारत सरकारको अनुदानमा निर्माण भई रहेको छ ।सर्लाही,महोत्तरी,धनुषा र सिरहाको गरी तीन सय ९३ दशमलव ५८ किलो मिटर हुलाकी सडक मध्य हाल सम्म ५७ दशमलव ८५ किलो मिटर हुलाकी सडक कालोपत्रे हुन बाँकी रहेको छ ।
पूर्व पश्चिम हुलाकी सडक खण्ड अन्तर्गत सर्लाहीमा निर्माणाधिन अवस्थामा रहेको ४० दशमलव ३७ किलो मिटर मध्य ३८ दशमलव ५९ किलो मिटर हुलाकी सडक कालो पत्रे हुन बाँकी रहेको कार्यालय प्रमुख महत्तोले बताए ।उनका अनुसार उत्तर दक्षिण नयाँरोड बरहथवा मधुवानी र नवलपुर मलंगवा हुलाकी सडक पुर्ण रुपमा कालो पत्रे भएको छ भने बाँके संग्रामपुर सडक २२ दशमलव ४८ किलो मिटर मध्य २० दशमलव चार किलो मिटर र फुलजोर त्रिभुवननगर २१ दशमलव २० किलो मिटर मध्य २१ दशमलव दुई किलो मिटर मात्रै कालो पत्रे भएको छ ।
सडक निर्माणको क्षेत्राधिकारको साईड क्लियर नहुनु,आर्थिक अभाव हुनु,निर्माण सामाग्रीको मुल्य बृद्धि र अभाव,निर्माण व्यवसायीहरुले आफ्नो क्षमता भन्दा बढी ठेक्का लिनु,घरको क्षेतीपुर्ति दिई सकिएको भएपनि जग्गाको मुआब्जा दिने प्रावधान नरहेका कारण समयमै निर्माण सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ ।“चिसोयाममा तापक्रम नपुुग्ने भएकाले तत्काल कालोपत्रेको काम हुन नसकेको र मलंगवा र मुसैलीमा चाँडै सडक कालोपत्रे पूूरा हुन्छ ।अहिले धान भित्र्याउने र गढिमाई मेलामा मजदुर व्यस्त रहेकाले काम नभएको र चाँडै सडक कालोपत्रेको बाँकी काम अघि बढ्छ ।”कार्यालय प्रमुख महत्तोले बताए ।

सम्बन्धित समाचार