सर्लाहीको हरिवन नगरपालिकामा आयोजना गरिएको तीन दिने हरिवन व्यापार तथा औद्योगिक मेला महोत्सव–२०८१ सम्पन्न भएको छ ।हरिवन नगरपालिका ११ मा नगर उद्योग वाणिाज्य संघ हरिवनको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय मलंगवा सर्लाही र हरिवन नगरपालिकाको सह आयोजनामा गत शनिवारबाट सुरु भएको हरिवन व्यापार तथा औद्योगिक मेला महोत्सव–२०८१ सोमबार सम्पन्न भएको नगर उद्योग वाणिाज्य संघ हरिवनका अध्यक्ष प्रयाग राज पोतेले जानकारी दिए।
उनका अनुसार स्थानीय तथा क्षेत्रीय व्यापार,उद्योग,कला,संस्कृति र पर्यटन प्रवद्र्धधन गर्न हरिवन व्यापार तथा औद्योगिक मेला महोत्सव–२०८१ महोत्सव आयोजना गरिएको हो ।तीन दिन सम्म चलेको मेला महोत्सवमा विभिन्न व्यापारिक कक्ष,स्थानीय उत्पादनहरूको प्रदर्शनी,सांस्कृतिक प्रस्तुति,मनोरञ्जनात्मक कार्यक्रम तथा कृषि उपकरणहरूका स्टलहरू राखिएको हरिवन नगरपालिकाले जनाएको छ ।