नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चीत बनेको छ । पटक–पटक रोकिएको कांग्रेस सर्लाहीको अधिवेशन फागुन १५ र २० गते गर्ने तयारी गरिएको भएपनि आन्तरीक विवादका कारण फेरी सरेर २३ गते हुने भएको छ ।
आसन्न जिल्ला अधिवेशनमा डा.शेखर कोइराला प्यानलबाट पूर्वसभापति लक्ष्मण राय र संस्थापन पक्षबाट वहालवाला उपसभापति सुरेन्द्रप्रसाद सिंहले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका नेपाली कांग्रेस लालबन्दी नगर समिति सभापति प्रशान्त आचार्यले जानकारी दिनु भयो । जस मध्य पूर्वसभापति राय इमानदार नेताका रुपमा परिचित छन् भने सिंह कांग्रेस राजनीतिमा रायको तुलनामा निकै जुनियर हुन् । ठेकेदारीबाट राजनीतिमा आएका सिंहलाई आफू सभापति हुँदा रायले नै पहिलो पटक जिल्ला उपसभापति बनाएका थिए । गत चुनावमा राय र रायबीच पार्टी सभापतिको चुनाव हुँदा सिंह लक्ष्मणकै पक्षमा रहेका थिए । तर, चुनाव नागेन्द्रकुमारले जितेपछि सिंह उतै लागेर दोस्रोपटक उपसभापतिमा मनोनित भएका थिए ।
पार्टीले गरेको आन्दोलनमा सहभागी नभए पनि पछिल्लो पटक कांग्रेस राजनीतिमा निकै सक्रिय सिंह वर्तमान पार्टी सभापति नागेन्द्रकुमार महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि मात्र सभापतिको उम्मेदवार बनेका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । नागेन्द्रकुमारले सभापतिमा उम्मेदवारी दिन नपाउने भएपछि विकल्पमा संस्थापन समूहबाट सिंहलाई अघि सारिएको हो ।
नागेन्द्रकुमार महाधिवेशन प्रतिनिधिमै हारेपछि रायको विकल्पमा संस्थापनबाट शक्तिशाली उम्मेदारकै अभाव थियो । जिल्ला संस्थापनभन्दा बाहिर जाने अवस्था देखिएपछि संस्थापनले आर्थिक रुपमा सम्पन्न भनेर चिनिने उम्मेदवार सिंहलाई अघि सारेको हो । सिंहले जिल्ला अधिवेशन अनिश्चित भएकै बेलामा पनि आफ्नो प्रचारलाई तीव्र बनाइ राखेका छन् । सभापतिमा जित्नका लागि उनले धेरै पैसा खर्च गरिरहेको उनी पक्षका कांग्रेस कार्यकर्ताहरु नै बताउछन् ।
१४ औं महाधिवेशनका लागि भएको क्षेत्रीय अधिवेशनमा सिंहले आफ्नै क्षेत्रका प्रतिनिधि सभा सदस्य डा.अमरेश सिंहलाई महाधिवेशन प्रतिनिधिमै पराजित गरेका थिए । अमरेशको विरुद्ध खुलेर लागेको सुरेन्द्रको पुरै प्यानलले क्षेत्रीय समिति र महाविधेशन प्रतिनिधिमा एकलौटी जित हात पारेकोे थियो ।
अमरेशलाई क्षेत्रबाट पत्तासाफ गरेर उत्साहित भएका सिंहलाई जिल्ला सभापतिमा संस्थापनबाट उम्मेदवार हुने अवसर जुटेपछि त्यसको तयारीमा कुनै कसर बाँकी नराखि उनि लागेका नेपाली कांग्रेस स्रोतले जनाएको छ । गत चुनावसम्म अमरेश जिताउन मद्दत गरिरहेका र देउवा इतर गुटमा सक्रिय रहेका सिंहले शक्ति आर्जनका लागि गुट परिवर्तन गरेको पाइएको छ ।
गत चुनावसम्म संस्थापन इतर रहेका सिंह देउवा शक्तिमा आएलगत्तै संस्थापतर्फ लागेका हुन् । सिंहका आफ्नै भाइ विरेन्द्र प्रसाद सिंह सोही क्षेत्रका प्रदेश सभा सदस्य हुन उनी नेपाली कांग्रेस मधेस प्रदेश पार्टी उपसभापति भएका छन् । प्रदेश सरकारको महिला बालवालिका,युवा तथा खेलकुद मन्त्री समेत रहेका सिह बिमलेन्द्र निधिसँग निकट भएर प्रदेश सरकारको मन्त्री बनेका हुन ।
सिंह संस्थापन पक्षको भएकाले स्वतः शक्तिशाली, स्थानीय चुनावमा टिकट दिनसक्ने प्रदेशको उपसभापति र बहालवाला प्रदेश मन्त्रीको दाजु भनेर पनि सिंहको पक्षमा माहौल बन्दै गएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए । सभापतिमा राय हरेक दृष्टिकोणले उपयुक्त हुँदा हुँदै पैसा र पावरका कारण पनि सिंह शक्तिशाली देखिएका छन् ।
‘इमानदारी, सादगी र प्रतिवद्धतामा रायको तुलनामा अर्को उम्मेदवार आउन नसक्ने कांग्रेस नेताहरुले बताएका छन् । रायको चर्चा गणेशमान सिंह जस्तो आँटिलो, कृष्णप्रसाद भट्टराई जस्तो सरल एवम सादा जीवन शैली भएको र गिरिजाप्रसाद कोइरालाको जस्तो अडान राख्ने भनेर कांग्रेस मात्र नभएर अन्य दलमा पनि चर्चा हुने गरेको छ । कांग्रेसको गरिमा कायम राख्न पनि राय सभापति हुनुपर्ने धेरैको धारणा रहेको छ ।
‘ठेकेदार पृष्ठभूमि भएकाले सिंहबाट कांग्रेस सभापतिको गरिमा कायम हुनेमा शंका रहेको संस्थापन पक्षकै नेताहरु बताउँछन् । भने पार्टीमा गुट हेरेर भोट दिने प्रचलनले गर्दा असल नेताहरु पाखा लाग्ने अवस्था आएकोमा धेरैले असन्तुष्टि जनाएका छन् ।