384
Shares
मधेश प्रदेशका गैर सरकारी संस्था(गैसस)हरुलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम सुरु गरिएको छ ।गैर सरकारी संस्था महासंघ र यसिया फाउन्डेसनको सहयोग तथा गैर सरकारी संस्था महासंघ मधेश प्रदेशको समन्वयमा मधेश प्रदेशका गैर सरकारी संस्थाहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम सोमबारबाट सुरु भएको गैर सरकारी संस्था महासंघ मधेश प्रदेशका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।
सर्लाहीको लालबन्दीमा सोमबारबाट सुरु भई बुधबार सकिने तीन दिने क्षमता अभिवृद्धि तालिममा मधेश प्रदेशका गैर सरकारी संस्थाहरु महिला,दलित,यौनिक अल्पसंख्यक,युवा,आदिवासी जनजाति,सिमान्तकृत र अपाङ्गता भएका गरी ४० जनाको सहभागीता रहेको छ ।