Close This

‘कमरेड  पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ 

पत्र पत्रिका    प्रकाशित: २०७६-१०-१० गते   ८३२ पटक हेरिएको

कमरेड पार्टीमा हाम्रो पनि लगानी छ । श्रीमती र छोराछोरीलाई दिने अंश,प्याओ र दाईजो  नसम्झिनु पार्टीलाई । 
६०–६५ वर्षका वृद्ध कमरेडहरू रुदै छन, तपाईंहरूलाई कार्यकर्ता रुवाउन पार्टीको नेतृत्व दिएको होइन, त्यसैले कमरेड गोजीबाट पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ । कुनै दिन आफुलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एक होनहार कार्यकर्ता भएर काधमा बन्धुक बोकेर हिडेका एकहुलको जवाफ थियो यो ।
 नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को कुनै युद्धको कमाण्ड गरेका कुनै एक हुलका नेता नाम परिवर्तन उज्जलको पनि पीडा तिम्रो भन्दा कम छैन होला । तिमी जनयुद्धको समयमा माले र जनमोर्चाको नाममा आलिसान महलमा थियौँ कमरेड त्यसैले पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ 
समायोजनपछि पार्टी कमिटी गठन गर्दा माथिल्लो तहका नेताहरूले आफूखुसी मापदण्ड मिचेर कमिटी बनाएका छन । आसेपासे र नजिककलाई काम र क्षमताको मुल्यांकन नगरि हैसियत जिम्मा दिईएको छ । उनिहरुसंग कमरेड उज्जवल आवश्यकता अनुसार जतिरात जति दिन पनि बहस र छलफल गर्न तयार छन । त्यसैले कमरेड पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ 
पार्टीको विधि प्रक्रिया मापदण्ड बिना चलेको यो कदम रोकिनु पर्छ,कामको आधारमा पदिय हैसियतको छिनोफानो हुनु पर्छ त्यसैले कमरेड पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ हुन त म सानो कार्यकर्ता भोली पार्टीको कार्बाहीमा परौला,निलम्बनमा परौला वा बर्खास्त हौला त्यसमा मलाई कुनै प्रवाह छैन किनकी यहा कामको मुल्यांकन छैन । लगानीको मुल्यांकन छैन कमरेड निर्वाचनको समयमा मैले गरेको योगदानको कुरा कमरेडलाई राम्ररी थाहा छ कमरेड त्यसैले पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ ।
पार्टी भित्र शुद्धीकरण अभियान आवश्यक छ कमरेड म पार्टीको सानो शुभचिन्तक हुँ कमरेड अिभियान पार्टीलाई कमजोर बनाउन होइन। सम्वाद सहकार्य र सह अस्तित्वका आधारमा विधि विधान बमोजिम सञ्चालन गर्नको लागि हो’, हुन त शुद्धीकरण अभियानका लागि माग गर्न सक्ने मेरो कहा क्षमता छ र कमरेड 
मैले पार्टीमा मलाई नेता नबानाएको भनेर विवाद गर्न खोजेको होईन कमरेड तर नेता बनाउने बाहनामा अ‍ैश,दाईजो र प्याओ दिने प्रचलन अन्त्य होस भनेर शुद्धिकरण अभियानको माग गरेको हुँ कमरेड त्यसैले पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ 
यसको विकल्प अर्काे पनि मेरो माग होईन मेरो माग हो गतिशिल्ताको आधारमा,निरन्तरताको आधारमा,लगनशिल्ताको आधारमा,ईमान्दारीताको आधारमा र पार्टीको मर्मा भावना तथा पार्टीको नेता कार्यकर्ता बन्न योग्य वा क्षमताको आधारमा नेता वा नेतृत्व छनोट गरियोस भन्ने हो । कमरेड उज्जव झन ठुलो स्वरमा चिच्याई रहेका थिए । साहेद उनलाई पनि नेतृत्वले पार्टीलाई अंश,प्याओ र दाईजो सम्झेर गोजीबाट नेता बनाउने गरेकोे चित्त बुझेको थिएन ।
कमरेड उज्जवलको पहिलो माग मापदण्ड पनि हो । नेतृत्वमा पार्टी शुद्धीकरण अभियानको भावना जागृत हुनु पर्ने कमरेड उज्जवलको माग छ । तर कारबाही हुने डरले उनि  नेताहरूको अगाडी बोल्न सकि रहेका थिएन्न तर आज अपसोच उनको ध्र्यैताको  बाँध फुटेको छ  र उनि चिच्याई रहेका छन । जुन नेताको जुँगाको लडाइँ मापदण्ड विपरीतको विषयको भित्री पक्ष पार्टीका ठूला नेताहरूबीच तिक्ततापूर्ण सम्बन्ध पनि एउटा कारण हो ।
वर्तमान र पूर्वसांसदहरुको जिम्मेवारी नहुनुको कारण पनि बढो रोचक छ । शुद्धीकरण अभियानलाई तलबाट वा माथीबाट कहाबाट सुरु गर्ने भन्ने उनको भनाई स्पष्ट नभएपनि नेतृत्व पक्षबाट नै त्यसको सुरुवात गर्नु पर्ने उनी पटक पटक दोहोर्याई रहेका थिए । त्यसैले फेरी उनि भन्दै थिए कमरेड पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ ।
पार्टी एकिकरण पछि गोलाप्रथाबाट नेता बनाउने तर क्षमताको मुल्यांकन नगर्ने परम्पराको उनले खुलेर विरोध गर्नु आवश्यक रहेको देखिन्छ । यसरी छनोट गरिएको नेतृत्वप्रति पुर्व एमाले र माओवादी बीचमा पनि ठुलो तिक्तता रहेको पाईन्छ । पार्टीको भागबन्डामा  जुनियर नेता आफु भन्दा सिनियर भएर आउँदा पार्टीका माथिल्लो तहका नेताहरुको चर्काे आलोचना समेत भएको थियो । भने नेताहरुको बीचमा मनमुटाव भएका कारण धेरै जिल्लाहरुमा बोलचाल पनि बन्द भएका उद्धाहरणहरु धेरै छन ।
कमरेड उज्जवलको पार्टीको उपल्लो ठाउँमा पुगेका कुनै नेतासंग सम्पर्क छैन । उनि पद्धतीको खुलेर सर्मथन गर्छन । क्षमताको कदर खुलेर गर्नु उनको पहिलो जिम्मेवारपुर्ण पक्ष हो । पार्टीले दिएको जिम्मेवारी पुर्ण सफलताका साथ पुरा गर्नु उनको पहिलो सवल पक्ष हो त्यसैले उनि बारम्बारभनी रहन्छन कमरेड पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’
हिजो तिम्रो छातीमा लाग्ने गोली छोक्दा सोही गोलीले छोडेका शरीरका घाउँहरु अहिले पनि आलैछन । तिमीलाई आलिसान महलमा पुर्याउन खान पिउँन, वा सुत्नको के कुरा ज्यानको बाजी राखेका म जस्ता धेरै आज देशको अवस्था देखेर खाडीमा पसिनाको बदला रगत बगाई रहेका छन कमरेड त्यसैले पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’
म जस्तै धेरे लडाकुको शरीरबाट बगेको रगतले आज तिम्रो गाला र पेट पोतिएको छ,मोटाएको छ । म जस्तै गरीब बाउआमाका सन्तानको मृत्य आत्मा तिम्रो रगतमा बगी रहेको छ । त्यसैले पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’
तिम्रो सुःखको दिन ल्याउन हामीले बगाएका रगतले नेपाल आमा रुदा पनि रातो आशु आउने गरेको हो त्यसैले पनि कमरेड पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’ उनि अहिले सम्म यसरी नबोलेका पुर्व माओवादी निकटका एक सामान्य कर्यकर्ता वा शुभचिन्तक हुन ।  श्रीमान मदन भण्डारीले भनेझै आखा नसन्काई बक्सियोस,तिम्रा सुन्ड मुसुन्डहरुलाई नचाई बक्सियोस । हिजो भए गरेको कर्तुतहरु अहिलकति मलाई पनि थाहा छ । 
चाहे म डोकेन्द्र राज थापा बन्न किन नपरोस वा ति शिक्षक गौतमको झै मेरो हालत किन नहोस । तर नागरीक मैत्री कार्य तिमीबाट होस । पार्टीको नेता टिका लगाउने प्रथाको अन्त्य तिमीबाट होस नत्र तिमी र गिरीजा बाबुमा के फरक, आफ्ना आसेपासेलाई नेता बनाउदै पुस्ता हस्तान्तरण नै गर्ने हो भने । फेरी मलाई नेता चाहिएको होईन म सामान्य मतदाता हु । तर निर्वाचनहरुमा नेता कार्यकर्ताको भन्दा बढी महत्व तिनै म जस्ता सामान्य मतदाताको हुने कुरामा तिमी पनी सहमत छौ । भने  कमरेड पार्टी अंश,प्याओ र दाईजो होइन,गोजीबाट नेता नबनाइयोस’     

लेखक पत्रकार एस.पी.गौरब अहिले प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य हुन ।                                  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech