Close This

गरुडा घटनाको विरोधमा सर्लाहीमा पनि विरोध र्याली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१४ गते   ४९६ पटक हेरिएको

गरुडा घटनाको विरोधमा सर्लाहीको नवलपुरमा निकालीएको विरोध र्याली

रौतहटमा भएको निरन्जन राम हत्या काण्डमा पक्राउ परेका एकजना युवाको मृत्यु भएको घटनाको छानविनको माग गर्दै सर्लाहीमा पनि विरोध र्याली निस्केको छ ।साउन ३१ गते राती २० बर्षका निरन्जन रामको घाटी रेटि हत्या भएको भन्दै प्रहरीले  गरुडा नगरपालिका वडा नं—८ जिगडियाका  २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित ७ जनालाई पक्राउ गरेको थियो । 
 पक्राउ परेका १९ बर्षका विजय महराको बुधबार राती वीरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । सोही विषयलाई लिएर जन्ता समाजवादी पार्टी रबहुजन समाज परिषदले दोषीलाई कार्बाहीको माग गर्दै सर्लाहीको नवलपुरमा विरोध र्याली गरेको हो ।
भदौ १ गते पक्राउ परेका उनलाई ३ गते देखी स्वास्थ्य समस्या आएको र ३ गते नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । प्रहरी हिरासतमा रहेका विजयको प्रहरकिो चरम यातनाका कारण मृत्यु भएको भन्दै दोषीलाई कार्बाही,मृतकलाई सहिद घोषणा,हिसाको अन्त्य लगायतका माग गर्दै आन्दोलन गरिएको आन्दोलनका अगुवा राजाराम पासवानले  बताउनु भयो ।
घटनाको विषयलाई लिएर ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ भने घटनाको विषयमा छानविन सुरु गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech