अनुदानको मल कालोबजारी,किसानहरु भारतीय गुणस्तरहिन मल प्रयोग गर्न बाध्य

353 Shares

सर्लाहीमा अनुदानमा प्राप्त भएको रासायनिक मलको कालो बजारी हुने गरेको पाइएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले जिल्लाका करिब दुई सय डिलरहरु मार्फत बिक्री गर्ने अनुदानको रासायनिक मलमा कालोबजारी हुने गरेका कारण आफुहरु मारमा परेको जिल्लाका किसानहरुले गुनासो गरेका छन् ।
जिल्लामा सधैँ अपुग भई रहने रासायनिक मल कृषि सहकारीहरु तथा डिलरहरुबाटै कालोबजारी हुने क्रम बढेको किसानहरुको गुनासो छ।जिल्लाका रासायनिक मलका डिलरहरु तथा सहकारी संस्थाहरुले किसानहरुलाई सुुलभ दरमा बिक्री,वितरण गर्नुपर्ने मल बाटोबाटै कालोबजारीमा बिक्री हुने गरेको जानकारहरु बताउँछन् ।
सरकारले कृषि सामग्री कम्पनि लि.र साल्ट टे«डिङ कर्पाेरेसन लि.मार्फत सहकारी संस्था तथा कृषि सहकारीहरुलाई अनुदानको रासायनिक मल उपलब्ध गराउने र सहकारीहरुले सरकारबाट निर्धारित मुुल्यमा ढुुवानी खर्च जोडेर किसानहरुलाई बेच्नुुपर्ने प्रावधान भएपनि सहकारी संस्थाले प्राप्त गर्ने मल किसानहरुलाई वितरण नगरेर मलखाद व्यवसायीहरुलाई कालोबजारीमा बिक्री गर्ने गरेका किसानहरुको गुनासो छ।मलखाद व्यवसायीहरुले सोही अनुुदानको मल किसानहरुलाई चर्को मूूल्य लिएर चर्काे मुल्यमा बेच्ने गरेका छन् ।
मलको डिलरका रुपमा रहेका सहकारीमा मल नहुने तर नजिकको मलखाद पसलबाट खुलेयाम कालोबजारीमा बिक्री हुने गरेको किसानको भनाई छ।जसका कारण जिल्लाका किसानहरु भारतबाट रु तीन हजार पाँच सय प्रतिबोरा तिरेर डिएपी मल ल्याएर आफ्नो खेतमा हाल्न बाधय भएका छन्।गाउँको सहकारीमा किसानहरुलाई मल नै दिँदैनन् तर छेउकै मलखाद पसलबाट कालोबजारीमा जति पनि बिक्री भइरहेको एक किसानले बताए ।
सीमा क्षेत्रबाट भारतीय मल ल्याउँदा पनि लुुकाइछिपाइ ल्याउनुपर्ने बाध्यता रहेको छ। सरकारले अनुदानमा बिक्री गर्ने मलको तुुलनामा भारतीय मल कम गुुणस्तरीय हुने किसानहरुको भनाई छ ।विकल्प नहुँदा किसानहरु कम गुणस्तरको भारतीय मलमा निर्भर रहन बाध्य भएका छन् ।  अनुदानको डिएपी मल पसलेले कालोबजारीमा रु तीन हजार पाँच सय सम्ममा बिक्री गर्ने गरेको छन्।सहकारी संस्थाले कृषि सामग्रीबाट दुुई हजार दुई सय ७६ रुपैँयाँ ५ पैसामा दिने मल डिलरहरु तथा सहकारीहरुबाट कालो बजारी भए नभएको अनुगमन गर्ने सरोकारवाला निकाय कानमा तेल हालेर बसेको किसानहरुको आरोप छ ।डिएपी मल नहाली छरिएको गहुुँमा अहिले पानी पटाएपछि युरिया मल छर्ने बेला भएपनि गाउँको सहकारीमा सोध्न जाँदा युरिया मल पनि छैन भन्छन् ।अर्का किसानले बताए । स्थानीय तहहरुमा रहेका सहकारी तथा मलका डिलहरुको अनुगमन स्म्बन्धीत स्थानीय तहहरुले गर्नु पर्ने भएपनि उनीहरु मौन देखिएका छन् ।
कार्यालयबाट सहकारी संस्थाले बिल काटेर लैजाने मलको बिक्री मुुल्य तोक्ने र कालोबजारी भए/नभएको हेर्ने जिम्मेवारी पालिकाको हुने कृषि सामग्री कम्पनि लिमिटेड शाखा नवलपुर सर्लाहीका निमित्त शाखा प्रमुख धु्रवप्रसाद साहले बताए ।केही ठाउँमा बाटोबाटै मल बिक्री हुने गरेको गुनासो आफूूकहाँ पनि आएको साहले बताए ।मलखाद बिक्री वितरणको अनुुगमन गर्न पालिकामा उप प्रमुख तथा उपाध्यक्षको नेतृत्वमा समिति रहने जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए । मलखादमा कालोबजारी भएको गुनासो आउँदा सहकारी संस्थाका सञ्चालक तथा जिम्मेवार व्यक्तिलाई जिल्लामा बोलाएर सचेत गराउने काम गर्दै आइरहेको उनले बताए ।

सम्बन्धित समाचार