वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको भातृ संगठन वैज्ञानिक समाजवादी युवा लिग,नेपालको महाकाली मेची युवा जागरण अभियान सर्लाही आइपुगेको छ ।
वैज्ञानिक समाजवादी युवा लिग,नेपालका अध्यक्ष लछुराज विकको नेतृत्वमा अभियानमा निस्केको युवाहरुको समुहले सर्लाही लालबन्दी,हरिवन र नयाँ रोडमा आफ्नो कार्यक्रम गरेको वैज्ञानिक समाजवादी युवा लिग,नेपालका महासचिव श्याम कुँवरले जानकारी दिनु भयो ।
दलाल पुजीवादी संसदीय व्यवस्थाको भण्डारफोर गर्न जुटौँ,वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका निम्ति संघर्षमा जुटौँ भन्ने मुल नारा लिएर महाकालीबाट निस्केको युवा जागरण अभियान मेची पुगेर समापन हुने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालकाकेन्द्रीय सदस्य तथा वैज्ञानिक समाजवादी युवा लिग,नेपालका केन्द्रीय अध्यक्ष लछुराज विकले बताउनुभयो ।